२ साउन : चितवनमा गत दुईदिन अघि ठुलो परिमाणको रासायनिक मल लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको कुमरोजवाट पक्राउ परेका उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आज दिउँसो पत्रकार सम्मेलन गरेर सो घटनाको विषयमा जानकारी गराउने चितवनका प्रहरी उपरिक्षक रविन्द्र शर्माले संचार माध्यम लाई जानकारी दिएका छन । प्रहरीले २ सय ५६ वोरा मल र मल वोकेको ट्रक समेत फेला पारेको उहाँले वताउनु भयो । दुई दिनअघि ना ४ ख ४४१६ नम्वरको ट्रकमा राखेर विरगञ्जवाट दाङ्ग लैजान लागेको मल लुटेराहरुले लुटेका थिए ।