इटहरी,१५ साउन/ प्रहरीको गोली लागेर आफ्ना कार्यक्रताको मृत्यु भएको भन्दै नेपाली कांग्रेसले आइतबार सुनसरी बन्द गरेको छ। बन्दको घोषणापछि अहिले काँग्रेसका कार्यकर्ताले सदरमुकाम इनरुवा बजार बन्द गरिसकेका छन्। इटहरी, धरानसहित जिल्लाका अन्य स्थानमा काँग्रेस कार्यकर्ता बन्द गर्न खटिएका छन्। काँग्रेसले घटनामा प्रहरीले दमन गरेर आफ्ना कार्यक्रताको हत्या गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरी भर्त्सना गरेको छ। काँग्रेसले घटनाको दोषीलाई कडा कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेको छ। देवानगञ्जमा शुक्रबार ब्यापारी र प्रहरीबीच भएको झडपमा घाइते काँग्रेस कार्यकर्ता सानु यादवको उपचारका क्रममा शनिबार साँझ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरनमा उपचारका क्रममा मृत्यु भएको थियो।