नेपालको राजनीतिलाई आम नेपाली जनताले के भत्रे ? यसप्रकारको राजनीतिमा नेपाली जनताहरुले चाहेको के हो ? नेपालको कानून के हो ? संविधान के हो ? गरीब नेपालीलाई न थाहा छ, न त मतलब नै उनीहरु दुई छाक खानको लागि दिन रात परिश्रम गरिरहेका हुन्छन् । तर नेपाली राजनीतिक दलहरुले उनीहरुको दिनरातको परिश्रममा पनि प्रहार गरिरहेका हुन्छन् । जनतहरु के अझैपनि अन्जान नै छन् त? यो एउटा प्रश्नको कुरा हो । तर नेपालको राजनीतिक दलहरुलाई कहिले होश आउने छैन । फेरिपनि हाम्रो विश्वास उनीहरुमाथि नै छ । जो कि गरीब होस् या धनी होस् जोसंग जति आउँछ सबै आफ्नो गोजी मात्र भर्ने बाहेक हाम्रा नेताहरुलाई केही थाहा छैन । के हामीहरुले यिनीहरुलाई चिन्छौ त ? साहेद चिन्छौं । यिनी मुठ्ठीभरि नेताहरुको कारणले नेपालका अरु नेताहरु जो जनताको भलो चिताउछन, उनीहरुलाई काम गर्न दिंदैनन् । सदन भित्र होस् या सदन बाहिर यी नेताहरुको भ्रष्ट प्रवृत्तीले गर्दा नेपालमा शान्ति आएर पनि टाढिंदै गएको छ । यो त हाम्रो नेताको अलिकति मात्र दोष हो । यिनीहरु मध्ये कतिको त वर्णन गरिसाध्य नै छैन । यसैबीचमा काम गर्न खोज्ने नेताहरुको लागि यस्ता घूषखोरी नेताहरु बाधक बन्दछन । जो नेताहरु देशको लागि केही गरौं भनेर हिंडेका छन् उनीहरुलाई जनताले पनि साथ दिएका छैनन् किनकी जनताहरुसमक्ष उनीहरुको पहुँच पुग्न ती धृष्ट नेताहरुले रोक लगाई राखेका छन् । हामीले अब हाम्रो नेता कसरी चुन्ने, यस कुराको हिसाब लगाउन अलि मुस्किल नै छ , किनकी यसप्रकारका नेताहरुले के कस्तो गतिबिधि गरेका छन भनि उनीहरुमाथि विश्वास गर्न मुस्किल परिरहेको छ । र को कस्तो छ भत्रे उनीहरुको निधारमा लेखेको त पक्कै पनि हुँदैन साथै कोही पनि मैले यस्तो गल्ति गरेको छु भनी अगाडि आउन चाहन्न । फेरी हामी के सोचेर उनीहरुलाई चुन्ने त ? हामीले उसको नेतृत्वलाई विचार गरि भोट दिने गरेका छौं । के त्यो नेतृत्व नेपाली जनताको आकांक्षालाई पूरा गर्न जनताको माझमा खरो रुपमा उत्रेको छ त ? कदापी आजसम्म छैन । तरपनि यसकोलागि हामीले के गर्नु त, हामीले चुनेको नेतृत्व पनि विलाउँदै, ओईलाउदै गए, हामीले चुनेका नेताहरु माथि पुगेपछि जनताको पसिनाको कमाई भएसम्म नेपालको बैंक अझ बढि भए स्वीस बैंकमा थुसपार्ने काम मात्र गरेका छन् । उनीहरुलाई गरीबहरुको दरिद्रता देखिदैन, एउटा सानो स्तरको नेतापनि आजको दिनमा पजेरोमा सयर गर्दै गरीबहरुको उपहास गरिरहेको हुन्छ् भने झन नेतृत्व तहमा पुगेको नेताको त के कुुरा नै भयो र ?
अब कुरा हामी जनताको यानी मेरो र हजुरको, हामीले सधै नेताहरुलाई गाली गरिरहन्छौ र फेरी उनैलाई नै हामीले आफ्नो सम्झन्छौ र चुनावमा भोट पनि उनैलाई दिएर सत्तामा पु¥याउछौं । र उनीहरुलाई हामीहरुले बारम्बार अज्माई रहेका हुन्छौं । तर उनीहरुको गल्ति भेट्टायपछि हामीहरुले उनलाई दूधबाट झिंगा निकाले र मिल्काए झैं मिल्काउनु पर्ने हो तर त्यसो नगरी हामीले उनलाई नेपाल आमाको काँधमा बसाली रहेका छौं र उनीहरुले पनि बे सरम बनि नेपाल आमाको काँधमा पिसाब गर्दैछन् । यस्ता प्रवृत्तीबाट परिसान भै बगेका नेपाल आमाका आँशु हामी नेपालीले नै पुछ्नु पर्छ । यी र यस्ताखाले प्रवृत्तिबाट नेपाल कहिले मुक्त होला ? एक पटक जनताको आटले मुक्त भएको नेपाल फेरी यी फटाहा नेताहरुको कारण नेपाल झन दल–दलमा भासिदै गएको छ । संक्रमणकाल नै यति लम्बिदै गएको छ कि दलहरुलाई एउटा नेता चुन्न आफ्नो सम्पत्ति सकिएको जस्तो भैरहेको छ । यी दलहरुले नेपाललाई बेहाल मात्र बनाएनन् यो देशलाई पिंmजीकरण गर्दैछन् । तर पनि नेपाली जनताहरुले केही नबुझे जस्तो गरी यिनै नेताहरुको पछि लागेका छन् । के अब हामी नै राजनीतिलाई गालि गर्न छोडी यी नेताहरुको टुप्पी छोप्न सक्दैनौं र ? ०४६ साल र ०६२÷०६३ सालको जस्तो आन्दोलनमा हामी नेपाली नै बढ्नु पर्ने स्थिती फेरी आईसक्यो । सबै नेताहरुलाई कुर्सी मात्र
चाहिएको छ । कोही कसैको साथ दिएर एकताबद्ध भै देश चलाउन चाहन्न । सबैले आ–आफ्नो दूनो सोझ्याउन लागि परेका छन् । गरीबले के चाहेका छन र धनीले के चाहेका छन् त्येसको यी नेताहरुलाई कुनै चासो नै छैन । उनीहरु आपूm र आफ्नो पाटीको नियम भनि नेपाली जनतामाथि अराजकताको खेल खेलिरहेका छन् । यस राजनीतिको बाटोलाई पार गर्नको लागि हामीहरु टाढा बसेर राजनीतिलाई गाली ग र्न पाउँदैनौं । किनकी यिनीहरुलाई साथ पनि हामीले नै दिएका छौं र यिनीहरुको निस्तानाबोध गर्ने पनि हामीहरु नै हौं । अब हामीहरु चुप लागेर बस्नु हुँदैन, बिदेशमा बस्ने ९५% युवाहरु अब आक्रोसित भएका छन् । ५% युवाहरुलाई पूँजीपति बत्रे रहर चढेर गैह्र जिम्मेवारीपूर्ण कार्य गरेतापनि बाँकी युवाहरु देशको लागि चिन्तित छन र प्रश्न पनि यहि छ कि हामी गरीबहरुलाई नेपालको सरकारले के ग¥यो र के गर्न सक्छ ? हामीहरुले के बुझ्नु पर्छ भने देशले हामीलाई के दियो भन्दा पनि हामीले देशको लागि के गर्न सक्छौं यस्ता कुरा सोच्नु आवश्यक छ । हामीहरुले देशलाई पिंmजीकरण हुनबाट जसरी पनि बचाउन पर्छ र यो हाम्रो जिम्मेवारी पनि हो । जसको लागि हामी सम्पूर्ण नेपालीहरु नै एक भएर नेपालको भ्रष्ट राजनीतिलाई सुधार्न कम्मर कसेर लाग्नु पर्ने बेला आएको छ र यी भ्रष्ट नेताहरुलाई पाठ सिकाउन जरुरी भै सकेको छ ता कि भोलि गएर उनीहरु भ्रष्टाचार गर्न अगुल्टोले हानेको कुकुर जस्तै बनून् ।

शालिक राम आचार्य ,
धारापानी - ५,
अर्घाखाँची,लुम्बिनी,नेपाल |
फोन न. +९७७ ९८४७४८८६९९, ९८४७१५६४२०
ओमानको न. +९६८ ९६३७५५८१ , ९३६५७६६४