
जित एक कार्यक्रममा स्रष्टाहरुले भानुभक्तको सम्झनामा उहाँका कृतिहरुको वाचन गरेका थिए । भानु जयन्तीका अवसरमा आजै भानुभक्तको जन्म भएको तनहुाको चुँदीरम्घामा पनि एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।जटिल संस्कृत भाषामा लेखिएको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यमा अतुलनीय योगदान दिएका आचार्यले रामायण बाहेक प्रश्नोत्तरी, भक्तमाला, वधुशिक्षा, रामगिता जस्ता उत्कृष्ट कृति र फुटकर कविताहरु पनि लेख्नु भएको छ । विसं. १८७१ असार २९ गते आजैका दिन जन्मनु भएका आचार्यको ५५ वर्षको उमेरमा विसं.१९२६ सालमा निधन भएको थियो । साभार अनलाइन खबर