Responsive Ad Slot

latest

लंका र रावण सँगसँगै

Wednesday, July 27

/ by Admin BHOLA THAPA
काठमाडौ, श्रावण ११ - धार्मिक ग्रन्थ रामायणको कथालाई पृष्ठभूमि बनाउँदै केही समयअघि निर्देशक श्याम भट्टराईले नयाँ फिल्मको घोषणा गरे, 'लंका' । रामायणको केन्द्रीय पात्र राम भए तापनि 'लंका'ले भने सीतालाई केन्द्रमा राख्ने उनले बताएका थिए । एक्सनपूर्ण बनाउन लागिएको फिल्मका लागि सीतामा नायिका रेखा थापालाई छानियो भने रावणका लागि कमलकृष्ण पौडेल ।

अहिले उनै रेखा पुनः अर्को फिल्ममा पनि सीता नै बनेर देखिने भएकी छन् । कमलकृष्ण पौडेलले नै निर्देशन गर्न लागिएको फिल्म 'रावण'मा रेखा सीताको चरित्रमा देखिने मात्र होइनन्, कमलकृष्ण स्वयं रावणको भूमिकामा रहनेछन् । रमाइलो त के भने 'लंका'मा रामको भूमिकामा देखिन लागेका किशोर खतिवडा 'रावण' पनि हुनेछन् । उही कलाकार, उस्तै चरित्र अनि लगभग एकै समयमा फिल्म बन्न लागेपछि यति बेला दुई फिल्मको चर्चा चुलिएको छ । शुक्रबारदेखि नै रिलिजको तयारीमा रहेको फिल्म 'अरबपति' को स्त्रिmप्ट लिक हुँदा सोही कथामा 'श्रीमान्-श्रीमती' बनेको पछिल्लो उदाहरणका जानकारका लागि 'लंका' र 'रावण' पनि त्यस्तै हुन सक्ने शंका उब्जिएको छ ।

'जे सोचिएको छ, त्यो होइन,' 'लंका'का निर्देशक श्यामले प्रस्टीकरण शैलीमा भने, 'यी दुई फिल्म बाहिरबाट हेर्दा समान लागे पनि स्त्रिmप्टको हिसाबले एक प्रतिशत पनि मिल्दैन । दुई फरक विषयका फिल्म हुन् ।' श्यामको भनाइसँग 'रावण' निर्देशक कमलकृष्ण पनि सहमत देखिए, 'हामी एकदम मिल्ने साथी पनि हौं, अनि आफैं एकले अर्कालाई डुबाउने काम गरौंला त ।' उनले 'लंका' लाई रावणको साम्राज्यका रूपमा देखाउन खोजेको र फिल्म 'रावण' खलचरित्रलाई आधार मानी बनाइएको खुलाए ।

छवि ओझाकै कथामा प्रदीप भारद्वाजले तयार पारेको स्त्रिmप्टमा 'लंका' बन्न लागेको हो भने 'रावण' उनै छविको प्रोडक्सन कम्पनी रेखा फिल्मस्बाट बन्न लागेको हो । 'छवि दाइले नै मलाई 'लंका' बनाउन प्रेरित गर्नुभएको हो,' श्यामले भने, 'हामीमा कुनै असमझदारीले यस्तो भएको होइन, सबै सल्लाहमै गरेका हौं ।' एकै प्रकृतिका लाग्ने नामका बारेमा कमलकृष्णले भने, 'दुवै फिल्मका लागि त्योभन्दा अर्को शीर्षक नै उपयुक्त लागेन ।'

यति बेला फिल्म 'अन्दाज'को अन्तिम दृश्यको सुटिङका लागि जोमसोममा रहेकी रेखा फर्केलगत्तै साउन २० देखि नै 'रावण'को सुटिङ सुरु हुने बताइएको छ भने त्यसपछि 'लंका' को हुनेछ । यसअघि निर्माता निर्मल सेन्चुरीसँग गर्न लागेको 'आई लभ यू टु' लाई नै निर्देशक कमलकृण्णले ब्यानर परिवर्तन गर्दै नयाँ नाम दिएर फिल्म बनाउन लागेका हुन् । 'रावण' प्रेमकथामै आधारित एक्सन फिल्म हुने निर्देशकले बताएका छन् । उनले फिल्मको खलपात्रको चरित्र धार्मिक पात्र रावणकै जस्तो भएकोले नै शीर्षक जुराइएको बताए ।

साभार इकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI