Responsive Ad Slot

latest

मोवाइल चार्ज गर्दा मृत्यु

Monday, July 4

/ by Admin BHOLA THAPA
कैलासवावु श्रेष्ठ,गोरखा
गोरखाको खोप्लाङ्गमा आज मोवाईल चार्ज गर्दा एक जनाको मृत्यु भएको छ ।
गोरखा जिल्ला खोप्लाङ्ग गाउँ विकास समिति ९ को बजेडीमा आज दिउसो स्थानिय २४ वर्षिय जिवन वहादुर तामाङ्गले मोवाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको हो । दिउसो धान खेत वाट आएका तामाङ्गले मोवाईल चार्ज गर्दा एक्कासी करेन्ट लागे पछि उनलाई उपचारको लागी स्थानिय मनकामना अस्पतालमा लगिएको थियो । थप उपचारको लागी गोरखा अस्पताल ल्याएका तामाङ्गलाई स्वास्थ्यकर्मीहरुको टोलीले मृत्त घोषित गरेको हो । घान खेत वाट आएका तामाङ्गले मोवाईल चार्ज गर्दा उनको हात पानीले भिजेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय गोरखाले अनुमान गरेको छ ।गोरखामा मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको यो नै पहिलो घटना हो । Sourece : hamrogorkha.com
Don't Miss
© all rights reserved
made with by netKUTI