Responsive Ad Slot

latest

दलित प्रेमीसंग छुटाएपछि केटीद्धारा आत्महत्या

Sunday, July 3

/ by Admin BHOLA THAPA
आश गुरुङ, लमजुङ, दलितसंग प्रेम विवाह गरेर गएको भन्दै आफ्नो परिवार र आफन्तले छुटाएपछि लमजुङका एक किशोरीले आत्महत्या गरेकीछन् । लमजुङ धमिलिकुवाका २० बषिर्य राजन सुनारले भगाएर लगेका भलायखर्क गाविस ८, बोराङका कौशिला भनिने १७ बषिर्या प्रतीक्षा न्यौपानेले आफ्नै धन्सारमा, घाँटीमा पासो बेरेर आत्महत्या गरेकी हुन् ।
भलायखर्कस्थित बोराङको महेन्द्र बाल विकास माविवाट यसबर्षएसएलसी परीक्षामा दोश्रो श्रेणीमा उत्तर्ीण्ा भएकी न्यौपानेलाई चितवनमा स्नातक तह प्रथम वर्षा अध्ययनरत सुनारले जेठ ४ गते भगाएका थिए ।
२ साता संगै बसेका सुनार र न्यौपानेलाई जेठ १७ गते छुटाएर केटीलाई चितवनस्थित आफ्नो दाजुको घरमा राखिएको थियो । आफन्तको सहयोगवाट गत विहिवारमात्रै बोराङस्थित घर आएकी न्यौपानेले शुक्रवार विहान आत्महत्या गरेको उनका बाबु कमलनाथ न्यौपानेले वताए ।

'केही बर्षेखि एकआपसमा प्रेम गरिरहेका सुनार र न्यौपानेको बारे घरपरिवार र आफन्तले थाह पाएपछि आफूलाई भगाउन केटीले केटालाई आग्रह गरेका थिए' नाम प्रशाशित नगर्ने शर्तमा एक स्थानीयले भने, 'केटीले हैरान गरेपछि उनीहरु जेठ ४ गते चितवन भागेका हुन् ।' उनीहरु भागेपछि केटीको परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा उनीहरु दुबैलाई चितवन प्रहरीले बोलाएर 'विवाह गर्ने भए उमेर पुगेपछिमात्रै गर्नू' भनेर छुर्टाईदिएको स्थानीय चन्द्रकान्त न्यौपानेले वताए । चारित्रिक प्रमाणपत्रमा केटाको विवाह गर्ने उमेर पुगेपनि केटीको भने १६ बर्षपुरा भएको छैन । केटासंग छुटिएको र गाउँमा आएर सवैले आफूप्रति हर्ेर्ने दृष्टिकोण फरक देखिएकाले केटीले आत्महत्या गरेको हुनसक्ने चन्द्रकान्तले वताए ।

केटीको बाबु कमलनाथले आफ्नो छोरीले आत्महत्या गरेको कारण खुलाई जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको लमजुङका प्रहरी प्रमुख सन्दिप भण्डारीले वताए । दलित केटासंग गएकी छोरीलाई छुटाएर ल्याएपछि आफ्नो छोरीले आत्महत्या गरेको कमलनाथको जाहेरीमा जनाईएको छ । मृतक न्यौपानेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा शनिवार पोष्टमार्टम गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI