दिनेश रेग्मी दोहा (कतार), अषाढ १२ - वैदेशिक रोजगारीका लागि विदेशमा पसिना बगाई रहेका श्रमिकहरुले आफ्नो गाउँ-ठाउँको सेवामा सहयोग पुर्याउन एम्बुलेन्स प्रदान गरेका छन् ।

९ लाख ९६ हजार रुपैयामा सुरुङ्गामा एम्बुलेन्स संचालन गरेको मंचका अध्यक्ष चुडामणी कार्कीले बताए । मंचले आफ्नो पाँचौं अधिवेशनसंगै एम्बुलेन्स किन्न योगदान गर्ने ७१ दाताहरुलाई शुक्रवार दोहामा प्रसंसापत्र तथा खादाले सम्मान समेत गर्यो ।
मंचका अनुसार बढी रकम व्यवसायी महेन्द्र चौलागाई -डांगीबारी)ले १ लाख ५१ हजार १, पेशाकर्मी सन्तोष पराजुली -धुलाबारी)ले १ लाख १ सय ५१, व्यवसायी हिमाल गिरि -लक्ष्मीपुर)ले १ लाख १ सय १, व्यवसायी तथा मंच अध्यक्ष कार्की -सुरुङ्गा)ले ५१ हजार १ सय १ रुपैया सहयोग गरेका छन् । एम्बुलेन्सको लागि झापा बाहेक अन्यत्र जिल्ला र एक भारतीयले समेत रकम दिएका छन् ।
दातामध्ये एक कतार फ्युल -ओकुत)मा कार्यरत एरिया म्यानेजर पराजुलीले आफ्नो गाउँ घरको सेवामा सहयोग पुर्याउन कमाई अनुसार खुसीसाथ रकम सहयोग गरेको सुनाए । मंचले ३ महिनादेखि संचालन गरेको एम्बुलेन्स नाफा मुलुक रुपमा नभएर स्थानीय समितिले सस्तो र सुलभ रुपमा संचालन गर्दै आएको जनाएको छ ।
div style="text-align: justify;">यस्तै, कतारमा कार्यरत नुवाकोटबासीहरुले जिल्लाको तीन वटै क्षेत्रमा एम्बुलेन्स संचालन गर्ने उद्येश्यले रकम संकलन गरेका छन् । नुवाकोट सेवा समाजका अध्यक्ष विजय माझीले हालसम्म ५५ हजार रियाल -११ लाख रुपैया) संकलन भएको जनाउँदै अभियान जारी रहेको बताए । 'जिल्लाका सबै साथीहरुलाई समेटेर तीन वटै क्षेत्रमा एम्बुलेन्स संचालन गर्ने अभियान चलाएका छौं' माझीले कान्तिपुरलाई भने ।
स्याङ्जा सहयोग समाज, कतारले एम्बुलेन्स संचालन र स्याङ्जा- पाल्पा सिमानामा पर्ने राम्दीमा बृद्धाश्रम निर्माणको लागि ३ लाख रुपैया संकलन गरेको छ । समाजका कोषाध्यक्ष कमल रेग्मीका अनुसार संस्थाले जिल्लाको शैक्षिक तथा सामाजिक अभियानमा सहयोग पुर्याउन नेपालमा ५ लाख रुपैयाको अध्यक्षकोष स्थापना गरिसकेको छ । 'अध्यक्षकोष बैंकमा राखेका छौं, जसबाट आउने वाषर्ीक ७५ हजार रुपैया खर्च गर्ने छौं' उनले भने-'हामीले जिल्लाको शिक्षा, स्वास्थ्य र सामाजिक क्ष्ाेत्रको लागि कतारमा सहयोग अभियान गरेको छौं' उनले भने ।
उता, चितवन युवा समुह, कतारले यहाँ कार्यरत जिल्लावासी तथा सहयोगीहरुसंग रकम जुटाएर २ वटा एम्बुलेन्स किनेको थियो । संस्थाका पुर्व अध्यक्ष रामहरी गैह्रले ४ वर्षदेखि माडी र गत वर्षदेखि गुन्जनगरमा संचालन भइरहेको बताएका छन् । विभिन्न जिल्ला तथा क्ष्ाेत्रीय समितिहरुले स्वास्थ्य, शिक्षामा सहयोग पुर्याउन एम्बुलेन्स, हेल्थपोष्ट, अस्पताल, विद्यालयमा निर्माण र उपकरण किन्न सहयोग अभियान गरेका छन् ।
कतारमा कंपनी, दलाल, म्यानपावर एजेन्सीबाट दुःख पाएर घर जान लागेका पीडितहरुलाई हवाई टीकट, रकमको अभावमा उपचार पाउन नसकेकाहरुलाई विभिन्न सामाजिक संघ, संस्था तथा व्यक्तिले सहयोग गर्दै आएका छन् । समाचार इकान्तिपुर बाट
कतारमा कंपनी, दलाल, म्यानपावर एजेन्सीबाट दुःख पाएर घर जान लागेका पीडितहरुलाई हवाई टीकट, रकमको अभावमा उपचार पाउन नसकेकाहरुलाई विभिन्न सामाजिक संघ, संस्था तथा व्यक्तिले सहयोग गर्दै आएका छन् । समाचार इकान्तिपुर बाट