Responsive Ad Slot

latest

आउँदो इदमा चितवन यूवा समूहको पाँचौ प्रस्तुती चितवन धमाका हुने

Wednesday, June 29

/ by Admin BHOLA THAPA
१४ असार,
चितवन यूवा समूह दोहा कतारले यहि आउँदो इदको पहिलो र दोश्रो दिन आफ्नो पाँचौँ प्रस्तुती चितवन धमाका गर्ने भएको छ । दोहा जु को ड्रिम पार्क परिसरमा मुस्लिमहरुको महान पर्व इदको अवसर पारेर गर्न लागिएको सो चितवन धमाका चितवन यूवा समूहका अध्यक्ष तथा आयोजित कार्यक्रमका संयोजक गणेश ढकाल रहेका छन् । बालकृष्ण पौडेलको अध्यक्षतामा तथा गणेश ढकालको संयोजकत्वमा होमनाथ पौडेल, कविराज सुवेदी र समीर खत्रीको ३ सदस्यीय विशेष समिती चयन भईसकेको छ भने बालकृष्ण थापाको संयोजकत्वमा प्रेम परियार, रवि पुन, कुलदीप थपलिया र प्रेम बि.क.को पाँच सदस्यीय प्रचार प्रसार समिती तय भईसकेको सो कार्यक्रमका कार्यक्रम संयोजक गणेश ढकालले जानकारी गराए । दर्शकहरुको चापलाई ध्यानमा राखी ८००० दर्शकले एकैपटक हेर्न सक्ने स्थान चयन भईसकेको र सनैयाको अलअतियाबाट तथा अन्य ठाउँबाट पनि दर्शकहरुलाई आवतजावतको लागि बसको सुविधा रहने कुरा संयोजक ढकालले जानकारी गराए । विगतका समयमा पनि चितवन यूवा समूहले यस्तै विविध मनोरञ्जनात्मक कार्यक्रम तथा देउसी भैलो र चिट्ठा कार्यक्रमको आयोजना गरी जम्मा भएको संकलित रकमबाट चितवनमा २ वटा एम्बुलेन्स प्रदान गरिसकिएको साथै शिक्षा स्वास्थ्य तथा खानेपानी जस्ता अन्य थुप्रै शीर्षकमा महत्वपुर्ण सहयोग पुर्याएको छ ।


Don't Miss
© all rights reserved
made with by netKUTI