फेरी आज सपनिमा मेरै देशको हाल सोध्यो
करेसामा उभिएको मेरो सेतो हिमाल सोध्यो
हेर्दै देखे थुक निल्दै छेउ कुना भित्ता नाप्दै
ढुङ्गा माटो मात्र हैन खाबो सँगार बाल सोध्यो
भनी दिँए लामो कथा बीर गोर्खा बीरताको
युद्द जित्दा लगाएको कुनै चिनो पर्खाल सोध्यो
छिचोलेर आकाशको शिर टेक्ने गीत गाँए
पैतालामा खसाएर जन्मिएको साल सोध्यो
पुष्प गुच्छा सँगै शीर थमाउदो रै छ र पो
मूल ढोका देखाउदा सबै आखी झ्याल सोध्यो
अघीपछी गर्दै बाटो देखाउने उस्तै देखे
उसै सँग मिसिएर मेरो देश नेपाल सोध्यो
श्यामकुमार ग्लान (तामाङ)
माझुवा सिन्धुली
हाल : दोहा,कतार