Responsive Ad Slot

latest

संगीतकर्मीसँग गर्दिनँ-बिहे वार्ता

Monday, June 27

/ by Admin BHOLA THAPA
काठमाडौ, अषाढ १३ - सुनीता दुलाल दसौं दोहोरी एल्बमसाथ श्रोतामाझ आएकी छन् । 'हो कि होइन त सानु’ मा दुइटा भाका छन् । पुरुष स्वरमा उनलाई खुमन अधिकारीले साथ दिएका छन् ।

केटाहरूका फोन वा एसएमएस कत्तिको आउँछन् ?


आर्टिस्ट भएको नाताले धेरैतिरबाट फोन र एसएमएस आउनु स्वभाविकै हो । बेलुका आठ बजेपछि नचिनेको नम्बरबाट आएको फोन चैं उठाउने गरेकी छैन ।

ब्वाइफ्रेण्डहरू चारै दिशामा छन् रे ।

प्रेमसम्बन्ध रहेका ब्वाइफ्रेन्डको कुरा हो भने एउटै दिशामा एक जना पनि छैनन् । केटी साथीजस्तै चिनजानका मात्रै ब्वाइफ्रेण्न्डहरू चैं सबै दिशामा पुगेका होलान् । स्कुल पढ्दादेखिका साथीहरू एकै दिशामा मात्र कहाँ बस्छन् र ?

बिहे कहिले गर्नुहुन्छ ?

जहिले जुर्छ, तहिले । २३ वर्षकी भएँ । अर्को वर्ष गर्न पनि सक्छु, दुई वर्ष लाग्न पनि सक्छ ।

गुणवान् र रूपवान्मध्ये कस्तो केटासँग बिहे गर्नुहुन्छ ?


गुण भएको पनि चाहिन्छ, रूप भएको पनि । गुणको अनुपात बेसी हुनुपर्छ । रूपमा मभन्दा नराम्रो भए पनि केही छैन, गुण चैं हुनैपर्छ ।

संगीतकर्मीसँगै बिहे गर्नुहुन्छ कि अरूसँग ?

अरूसँगै । संगीतकर्मीको जोडी जमेको मैले देखेकी छैन । केटीलाई इज्जत दिने, मेरो फिल्डलाई सम्मान गर्ने केटा मन पर्छ । मेरो अनुभवमा संगीतकर्मीहरूलाई संगीतकर्मीले भन्दा बढी अर्को फिल्डको मान्छेले इज्जत दिन्छ ।

आफूले पछयाएको केटासँग बिहे गर्नुहुन्छ कि आफूलाई पछयाउनेसँग ?

आफूलाई पछयाउनेसँग गर्ने नि । आफूले पछयाएको केटोसँग बिहे गर्‍यो भने त पछि उसले हेपिहाल्छ नि ।

बिहे स्वजातीय गर्नुहुन्छ कि अन्तरजातीय ?

मन मिल्छ भने फरक जातको केटासँग बिहे गर्दा पनि फरक पर्दैन । आफ्नै जातकोसँग मात्रै बिहे गर्नुपर्छ भन्ने छैन । ममीले चाहिँ मलाई भरसक आफ्नै जातको केटो खोज्नू भन्नुभएको छ । ममी-डयाडीका लागि पनि म अन्तरजातीय बिहे गर्दिनँ । तर अन्तरजातीय नै बिहे भइहाल्यो भने म दुःखी चैं हुन्नँ ।

हुनेवाला पतिलाई आफू अनुकूल बनाउनुहुन्छ कि आफू पति अनुकूल भइदिनुहुन्छ ?

बूढाको राम्रो कुरा छ भने म आफूलाई त्यहीअनुसार ढाल्छु । बूढाले पनि मेरो असल कुरा मान्नुपर्छ ।

बालबच्चा कति जन्माउनुहुन्छ ?

सकभर एक जना ।

छोरा मन पर्छ कि छोरी ?


दुवै ईश्वरकै देन हुन्छन् । तर मलाई छोरी नै मन पर्छ । छोरीहरूले आमाबुबाको दुःखपीडा एकदम राम्ररी बुझ्न सक्छन् । बुढेसकालको सहारा छोरा मानिँदै आए पनि छोरीले राम्रो ख्याल गर्छन् । छोराहरू बिहेपछि श्रीमतीको मात्रै कुरा सुन्ने र आमा- बुबालाई दुःख दिने खालका हुन्छन् । अन्तरवार्ता इकान्तिपुर बाट

Don't Miss
© all rights reserved
made with by netKUTI