अशोक मैनाली
सोल, कोरिया जुन, ३० बिश्वका २०५ मुलुकको भ्रमण गर्ने उदेश्य लिएर सन् २००२ बाट यात्रा सुरु गरेका विश्व साइकल यात्री सौरब दाहालको करिब १ साता देखि यात्रा अवरुद्र हुन पुगेको छ ।बिश्वका ३४ औं मुलुकको भ्रमण सकेर ३५ औं मुलुकको भ्रमणको क्रममा कोरियामा रहेका दाहालले जापानको भिषा पाउन ढीलाई हुंदा कोरियमा नै अलपत्र परेका छ्न्। सबैलाई समान शिक्षा ,बुद्द नेपालमा जन्मिएको ,बिश्व शान्ति र वातवरण बिनाशलाई रोक्नुपर्ने सन्देश छर्दै नेपाल राष्ट्र र नेपालीलाई बिश्वमा चिनाउने उदेश्य बोकेर यात्रामा निस्केका दाहाल करिब एक महिना अघि कोरिया आइपुगेका हुन्।कोरियाको भ्रमण सकेर जापानको भ्रमणमा जाने तयारी गरेका दाहाल जापान सरकारले भिषा उपलब्ध गराउन ढीलाई गरेको कारण उनी कोरियामा नै रहन वाध्य भएका हुन्।
कोरियाको लागि नेपाली राजदुत कमलप्रसाद कोईरालाको पहलमा जापानको नेपाली राजदुतावासबाट २१ जुनमा नै स्वागत पात्र आए पनि कोरिया स्थित जापानी राजदुतावासमा भिषाको आवेदन गर्दा कागजात नपुगेको भन्दै भिषा दिन आनकानी गरिरहेको विश्व साइकल यात्री दाहालले बताएका छन् ।उनले बताए अनुसार अन्य देशको एन आर एन ले भिषाको आवश्यक प्रक्रियाको लागि सहयोग गरेको तर कोरियामा रहेको एन आर एन ले सहयोग नगरेको उनले गुनासो गरेका छन् । धेरै नेपाली कलाकार ,खेलाडी,साइकल यात्री लुकेर बस्ने बिगतका गलत प्रबृर्तिका कारण जापानले भिषा दिन नमानिरहेको हो। दाहालका अनुसार अहिले उनको राहदानी कोरिया स्थित जापानी राजदुतावासमा रहेको र आवश्यक सहयोगको लागि एन आर एन जापानलाई अपिल गर्दै विश्व साइकल यात्रालाई सहज बनाई दिन आग्रह पनि गरेका छन् ।

समाचारः नेपाल जापन डटकम