आजभोलि हरेक साँझ
मात्र तिम्रो प्रतिबिम्बले
अलिक परको नीलो सागर
र-
घामको किरण÷जूनको शीत
सागरको पानीमा तिम्रो छायाँ
यस्तरी देख्छु मानौ
तिमी मेरो आँखा अगाडि छौ ।
किन यसरी तिम्रो तस्वीर
ऐना भएर आँखाभरि आउछ ?
किन तिमीलाई पाउने चाहाना
छातिभरि सल्बलाउछ ?
सावनको झरी÷भदौको भेल
सबैसबै बेअर्थ लाग्छन्
तिम्रो प्रतिबिम्ब अगाडि
र नै त म नत मस्तक छु
तिम्रो छायाँछविको सामु ।
हामी प्रेमको मिलन बिन्दुमा
अझै अल्झि रहेकाछौ
निरन्तर सम्झना आई रहनु
आँखा अगाडि तिमीमात्र छाउनु
यसलाई म कसरी बुझु ?
तर पि्रय तिम्रो प्रतिबिम्बले
लक्ष्यको एक कदम
सपनाको एक छेस्को
र मलाई जीवनको
बाँच्ने आधार दिएको छ ।
मात्र तिम्रो प्रतिबिम्बले
अनायस सताउछ मलाई
अनि रमाउँछु-
तिम्रो प्रतिबिम्बको साथ ।
यो निर्झर रेगिस्तनमा
अरु बिकल्पनै के छ र ?
मध्य दिनको चर्को घाम
मध्य रातको शितल जूनअलिक परको नीलो सागर
र-
घामको किरण÷जूनको शीत
सागरको पानीमा तिम्रो छायाँ
यस्तरी देख्छु मानौ
तिमी मेरो आँखा अगाडि छौ ।
किन यसरी तिम्रो तस्वीर
ऐना भएर आँखाभरि आउछ ?
किन तिमीलाई पाउने चाहाना
छातिभरि सल्बलाउछ ?
सावनको झरी÷भदौको भेल
सबैसबै बेअर्थ लाग्छन्
तिम्रो प्रतिबिम्ब अगाडि
र नै त म नत मस्तक छु
तिम्रो छायाँछविको सामु ।
हामी प्रेमको मिलन बिन्दुमा
अझै अल्झि रहेकाछौ
निरन्तर सम्झना आई रहनु
आँखा अगाडि तिमीमात्र छाउनु
यसलाई म कसरी बुझु ?
तर पि्रय तिम्रो प्रतिबिम्बले
लक्ष्यको एक कदम
सपनाको एक छेस्को
र मलाई जीवनको
बाँच्ने आधार दिएको छ ।
-राजेश्वोर ढकाल
बगुवा-६ गोरखा
हाल; दोहा-कतार