Responsive Ad Slot

latest

गज़ल

Sunday, June 26

/ by Admin BHOLA THAPA

जवानीमा मलाई ज्यूँदै,, मारेको छ रुपैयाले !!

हाँसो खुशी बिना एक्लै,, पारेको छ रुपैयाले !!

अभावको डढेलोले,, मनै ध्वस्त पारे पनि

"भोलि" "भोलि""भोलि" भन्दै,, टारेको छ रुपैयाले !!

आफू थिए बेला थियो,,उही जोशमा अघि बढ्दा

धेरै माथि पुग्थे होला,, झारेको छ रुपैयाले !!

साथी-भाई काँडा भए,, नाता-गोता टाढा भए

बाँकी माया पनि पर,, सारेको छ रुपैयाले !!

धेरै रात रोए कति,, सोचें कति गरे कति

तै नि जिन्दगीमा ""शिव"",, हारेको छ रुपैयाले !!

---------------------------
शिव मिश्र
"गज़ल चौतारी"
काठमान्डौ, नेपाल
Mobile:9841137653 / 9813010562
Email:shifusion@gmail.com
Don't Miss
© all rights reserved
made with by netKUTI