जान्छु भनेउ तिमीले झरे आँसुहरु
परेलीका डिलसम्मै सरे आँसुहरु ।।
छुटौंकि नछुटौं दोधारमा हामी हुँदा,
को पहिले खस्नेभन्दै लरे आँसुहरु ।।
भेटिनलाई छुट्नै पर्छ सत्य भए पनि,
उस्तैउस्तै खोली मेरा खहरे आँसुहरु ।।
अश्रुलाई नि मासुले घेरेको भै भन्नहुन्थ्यो
चार आँखाको चेपुवामा परे आँसँहरु ।।
उनलाई कतैभेटे, भन्दिनु नि कसैकसैले
सिरानीमा थोपाथोपा छ रे आँसुहरु ।।
परेलीका डिलसम्मै सरे आँसुहरु ।।
छुटौंकि नछुटौं दोधारमा हामी हुँदा,
को पहिले खस्नेभन्दै लरे आँसुहरु ।।
भेटिनलाई छुट्नै पर्छ सत्य भए पनि,
उस्तैउस्तै खोली मेरा खहरे आँसुहरु ।।
अश्रुलाई नि मासुले घेरेको भै भन्नहुन्थ्यो
चार आँखाको चेपुवामा परे आँसँहरु ।।
उनलाई कतैभेटे, भन्दिनु नि कसैकसैले
सिरानीमा थोपाथोपा छ रे आँसुहरु ।।
लिलप्रकाश चन्द
सामुदायिक सूचना नेटवर्क सीआईएन
ललितपुर, पाटन
इमेल abhimat.lil@gmail.com
मोवाइल− ९८४९५३३७४०