Responsive Ad Slot

latest

सुनकोशीमा डुङ्गा पल्टिंदा बेपत्ता बेहुला–बेहुलीसहित तीन अझै फेला परेनन्

Sunday, June 26

/ by Admin BHOLA THAPA
कुम्भराज राई
ओखलढुंगा, अषाढ १२ - ओखलढुङ्गाबाट उदयपुर जाँदै गरेको जन्ती चढेको डुङ्गा आइतवार बिहान साँढे आठ बजे सुनकोशी नदीमा पल्टिंदा बेपत्ता भएका बेहुला–बेहुलीसहित तीन अझै फेला परेको छैन ।
बेपता हुनेमा वेहुला उदयपुर घुर्मीका महेश धमला, बेहुली बलखु– ६ की सुमित्रा लुईटेल र अर्का एक जना जन्ती घुर्मीकै तिलक राई रहेका छन् ।
प्रहरीका अनुसार ओखलढुङ्गाको बलखुबाट उदयपुरको घुर्मी तर्फ जाँदै गरेको उक्त डुङ्गा बलखु–७ को थुम्लेघाटमा पल्टेको हो । ९ जना यात्रु सवार रहेकोमा तीन जना बेपता छन् ।
दुर्टनापछि बेपत्ता रहेका चार मध्ये एक जनालाई घट्नास्थभन्दा केही तल घाइते अबस्थामा फेला परेको थियो ।

Source: ईकान्तिपुर

Don't Miss
© all rights reserved
made with by netKUTI