काठमाडौँ, १५ असार आज असार १५ अर्थात ८ औँ राष्ट्रिय धान दिवस तथा दही च्यूराखाने दिन, विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । कृषि प्रधान मुलुक नेपालमा धेरै जनसङ्ख्या कृषिमा निर्भर रहेको र प्रमुख कृषि बाली धान रहेकाले आजको दिन धान रोपाई सुरु गरी धान दिवस मनाईन्छ । विगत सात वर्षता यस दिवसलाई धान दिवसको रुपमा मनाउन सुरु गरिएपनि परापूर्वकालदेखि यस दिनलाई दही चिउरा खाने दिनको रुपमा मनाँइदै आएको छ ।
विशेष गरी कृषकहरुले मानो खाएर मुरी फलाउने दिनको रुपमा देशभर धान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरीदै छ । आज देशका विभिन्न स्थानमा सामुहिक कार्यक्रममा बीच सरकारी तथा गैरसरकारी संघ संस्थाहरु सार्वजनिक कार्यक्रममा सहभागी भै धान दिवस मनाउने तयारीमा रहेका छन् कृषि प्रधान देश नेपालमा धेरै जस्तो अर्थतन्त्रको स्रोत कृषीबाट जुट्ने गरेको छ । उद्योगका लागि आवश्यक कच्चा पदार्थ र रोजगारी तथा आयआर्जनको सबै भन्दा भरपर्दो स्रोत कृषी नै मानिने गरेको छ ।
यसै उपलक्ष्यमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल बिहान ११ भक्तपुरको सिपाडोलमा आयोजीत सामुहिक धान रोपाई कार्यक्रममा सहभागि हुने हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । source : Lovelytanahun.com