Responsive Ad Slot

latest

कतारमा आदिवासी जनजाति प्रशिक्षण कार्यक्रम सम्पन्न

Monday, June 20

/ by Admin BHOLA THAPA
बुधबल गुरुङ ÷ दोहा ।


नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा कतारमा रहेका आदिवासी जनजातिहरुको लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आदिवासी जनजातिहरुका हक अधिकार संबन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र, अन्तराष्ट्रिय श्रम संगठनको महासनधी नं. १६९, स्वायत्ततता र संघीयता बारेमा जनजातिहरुले खेल्नु पर्ने भूमिकाको जानकारी दिने उद्धेश्यले जुन १७ मा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
महासंघका अध्यक्ष मान बहादुर सॉवॉको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासंघका प्रमुख सल्लाहकार तथा कार्यक्रमको प्रमुख अतिथी अमृत गुरुङले “संघीयता र स्वायत्तता प्रणाली”, विशेष सल्लाहकार दिल किरण खजुमले “आदिवासी जनजातिहरुका हक अधिकार संबन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र”, सल्लाहकार बिल गुरुङले “अन्तराष्ट्रिय श्रम संगठन महासन्धी न.ं १६९”, र द्वितिय उपाध्यक्ष सीयाराम चौधरीले “आदिवासी जनजातिको परिचय” को बारेमा प्रशिक्षण दिदै प्रशिक्षार्थीहरुको जिज्ञासालाई पनि प्रष्टयाउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष मान बहादुर सॉवाले महासंघ भित्र धेरै राजनैतिक विचारधाराका ब्यक्तिहरु भए पनि जनजातिका मुद्दाहरुलाई ती विचारहरुले ओझेलमा नपारेको र राजनैतिक खिचातानी नभएको प्रष्टयाउनु भएको थियो । साथै उहॉले अहिलेको नेपालको ब्यवस्थापिका तथा कार्यपालिका संरचनामा राजनितिक दलहरु नै शक्तिशाली भएकोले राजनैतिक आस्था विचार भएका जनजाति नेताहरुलाई आदिवासी जनजातिहरुको हक अधिकारको बारेमा लड्न र अडिग रहन आग्रह गर्नु भयो । सोही क्रममा उहॉले जनजातिहरुको एक पुस्ताले आफ्नो हक अधिकारको लागि लड्दा आफ्नो भावी पिडिको लागि हक अधिकार संरक्षित हुन्छ भने हामी किन नलड्ने त ? भन्दै सम्पूर्ण आदिवासी जनजातिहरु सचेत भई अग्रसर हुन समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा महासचिव विनेश तामाङले महासंघको स्थापनाकाल देखि हाल सम्मको कार्य प्रगति विवरण प्रोजेक्टरबाट प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा महासंघका मातृसंस्थाहरु तमू बौद्ध सेवा समिति शाखा कतार, नेपाल प्रवासी तामाङ समाज कतार, नेपाल प्रवासी मगर संघ कतार, किरात याक्थुङ चुम्लुङ कतार, किरा“त राई यायोख्खा शाखा कतार, थारु कल्याणकारीणी सभा कतार च्याप्टर, नेपाल प्रवासी दराई समाज कतार, प्रवासी शेर्पा संघ कतार, नेपाल प्रवासी भुजेल सेवा समाज कतार र नेपाल सुनुवार सेवा समाज कतारका प्रमुखहरु लगायत उल्लेखनिय रुपमा कतारका आदिवासी जनजातिहरुको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथीले दिप प्रज्वलन गरी उद्घाटन गरिको सो कार्यक्रम महासंघका महासचिव विनेश तामाङले संचालन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित हुनु भएका अतिथीहरु लगायत सहभागि आदिवासी जनजाति प्रशिक्षार्थीहरुलाई महासंघका प्रथम उपाध्यक्ष प्रकाश आले मगरले मन्तब्यद्वारा स्वागत गर्नु भएको थियो ।



Don't Miss
© all rights reserved
made with by netKUTI