Responsive Ad Slot

latest

पौडी खेल्न गएका दुई विद्यार्थी नारायणीमा वेपत्ता

Sunday, June 19

/ by Admin BHOLA THAPA
५ असार, काठमाडौं ।

नवलपरासीको गैडाकोटका दुई स्कुले विर्यार्थी नारायणीमा पौडि खेल्न जाँदा डुबेर बेपत्ता भएका छन् । शनिबार साँझ घरबाट साइकल लिएर पौडि खेल्न निस्किएका गैडाकोट गाविस ७ का भूमिश्वर सापकोटाका ११ वर्षीय छोरा प्रज्जवल सापकोटा र मणिरत्न सापकोटाका ८ वर्षीय छोरा प्रशान्त सापकोटा वेपत्ता भएका हुन् ।

उनीहरु नारायणी नदीमा नुहाउने क्रममा वेपत्ता भएको भन्दै स्थानिय र प्रहरीले खोजतलास सुरु गरेको इलाका प्रहरी कार्यालय गैडाकोटका असई भविश्वर पोख्रेलले जानकारी दिनु भयो ।

गैडाकोटकै विजय सामुदायिक स्कुल र साइनिङ बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी बेपत्ता भएपछि सिंगो गैडाकोट गाविसका सयौं अभिभावक नारायणी नदी क्षेउमा खोजतलासमा जुटेका छन् ।

वर्षातका कारण उर्लेको भेलले उनीहरुको खोजतालस प्रभावित भएको छ । शनिबारदेखि लगातार परेको पानीका कारण नारायणीमा पानीको सतह निकै बढेको छ । नेपाल कतार अनलाइन बाट
Don't Miss
© all rights reserved
made with by netKUTI