Responsive Ad Slot

latest

१५ को अवसरमा बिरुवा फाँटमा असारे रोपाई महौत्सव हुने

Saturday, June 18

/ by Admin BHOLA THAPA
दिननाथ बराल-पोखरा,३ असार/ पोखराको अर्गानिक कृषि सहकारी संस्था लिमिटेडकौ आयोजनामा मनसुन किसान दिवस अर्थात असार १५ को अवसरमा बिरुवा फाँटमा असारे रोपाई महोत्सव हुने भएको छ । मौलिक परम्परा अनुसार नैपालीहरु अधिकांश कृषि पेशमा रहेकाले यसलाई निरन्तरता दिन रोपाई महात्सव आयौजना गर्न लागिएको आज पोखरामा आयौजीत पत्रकार सम्मैलनमा जानकारी गर्राईएको हौ । रोपाई महोत्सवमा पञ्चै बाजा, रोपारेहरुबाट असारे भाखाको गित प्रस्तुत, हली तथा खेतालाहरुलाई सम्मान लगायतका कार्यक्रमहरु रहने भएको रोपाई महोत्सवका संयोयोजक विश्वनाथ पराजुलीले बताउनु भयो ।

गत बर्षदैखि सुरु गरेको उक्त रोपाई महोत्सव यस बर्षपनि निरन्तरता दिन लागेको हो । गत बर्षमहतगौडामा उक्त महोत्सव आयोजना भएको थियो भने यस बर्षबिरुवा फाँटका स्थानीय गणेसबहादुर अधिकारिको ६ रोपनी जग्गामा महोत्सव हुन लागेकौ हो । नेपालमा करीब ६६ प्रतिशत जनाताहरुले कृषि क्षेत्रमा लाग्ने गरेकोमा महिलाहरुले ६६ प्रतिशतको ७७ प्रतिशत कृषि क्षेत्रमा काम गर्ने भएकोले महिलाहरुले पुरुषसरह ज्याला नपाउने गरेको महोत्सव मुल आयोजक समितिका संयोजक माया केसीले बताउनु भयो । उहाँले कृषि सम्बन्धि धेरै मौलिक चार्डपर्वहरु मनाउदै जानु हाम्रो कर्तब्य भएको बताउनु हुन्छ । महोत्सवमा कास्की जिल्लामा कार्यरत कृषिमा आधारित सहकारी संघ सस्था, समुह तथा समुदायमा आधारित प्रत्यक्ष किसानहरुको उपस्थीत रहनै आयोजककौ दाबी छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI