काठमाडौं, ५ अषाढ । प्रहरीले राजधानीको एक ब्युटिपार्लरमा छापामारी संचालिका सहित यौन क्रियाकलापमा संलग्न ६ युवती र ३ युवालाई पक्राउ छ । न्युरोड धर्मपथस्थित न्यु सहेली व्युटिपार्लरमा छापा मारी संचालिका उर्मिला विष्ठ सहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ब्युटिपार्लर भन्दै करिब ३ वर्ष देखि यौन ब्यापारमा पार्लर चलाएको स्थानीयबासीको विषेश सूचनाको आधारमा सो ठाँउमा छापा मारिएको जनाईएको छ । छापा मार्ने क्रममा व्युटी पार्लरमा छुट्टै कोठाहरु र पलङहरु समेत पाईएकाले सो ठाँउमा व्यवसायिक रुपमै यौनधन्दा चलाईदै आएको हुनसक्ने प्रहरीको अनुमान छ ।
छापाका क्रममा प्रहरीले यौन क्रियाकलापमा प्रयोग हुने कन्डम लगायतका सामाग्री समेत फेला पारिएको जनाईएको छ । सो पार्लरका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको काठमाडौ प्रहरीले जनाएको छ ।
गोरखाली अनलाइन डटकम बाट