Responsive Ad Slot

latest

दुई महिनादेखी गाउँनै अन्धकार

Saturday, May 14

/ by Admin BHOLA THAPA
ई तनहुँ संवाददाता
मिर्लुङ बैशाख
चट्याङ पर्दा विगि्रएको ट्रान्सफर्मर मर्मत नहुदाँ तनहुँ मिर्लुङका २ सय भन्दा बढी घर २ महिनादेखी अन्धकारमय छन् । २ महिना अघि चट्याङका कारण मिलुङ २ अर्चलेमा रहेको विद्युत ट्रान्ससमिटर विगि्रएको हो । ट्रान्समिटर मर्मतका लागि पटक पटक डेलिकेशन जाँदा समेत कार्यालयले बेवास्ता गरेको मिर्लुङका गोविन्द ढकालले बताए । 'बारम्बार विद्युत कार्यालयमा डेलिकेशन गयौ ।' उनले भने 'विभिन्न बहानामा कर्मचारीले सधै झुलाउने मात्र गर्छन् ।'ट्रान्समिटर मर्मत नगर्दा मिलुङ -१ र २ का बासिन्दा अन्धकारमा बस्नु परेको उनले बताए । विद्युत सुचारु नभएपछि फोटो सहितको मतदाता नामावली संकलनका २ केन्द्र समेत सारिएको छ । '२ नामावली केन्द्र टाढा सारिएको छ ।' उनले भने 'केन्द्र टाढा भएकाले सोचेभन्दा कम मानिसले मात्र नामावली दर्ता गराएका छन् ।' मिर्लुङका दुई वडाबाट निर्वाचन कार्यालयले २ हजार मतदाताको लक्ष्य राखेको १२ सय गाउँलेले मात्र दर्ता गरेको ट्रान्सफर्मर उपभोक्ता समितिका अध्यक्ष समेत रहेका ढकालले बताए ।

'जान नसक्ने भएर एक सय दुई वर्षकी बृद्धाले समेत मतदाता नामावली दर्ता गराउन सकेकी छैनन् ।' उनले भने । विद्युत कार्यालयले बेवास्ता गरेपछि गाउँलेले वडा भेलाबाटै तिन दिन भित्र विद्युत सुचारु नगरे कार्यालयमा धर्ना दिने र विद्युत महसुल नतिर्ने निर्णय गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण तनहुँका सुपरभाइजर चेतनाथ भट्टराईले मर्मतका लागि पठाइएको ट्रान्सफर्मर हेटौडाबाट नआएकाले विद्युत सेवा सुचारु नभएको बताए । 'केही दिन भित्रै हेटौडाबाट टान्सफर्मर आउँछ ।' भट्टराईले भने 'एक साता भित्र गाउँमा बत्ती बल्छ ।'

Don't Miss
© all rights reserved
made with by netKUTI