कान्तिपुर संवाददाता
काठमाडौ, जेष्ठ ३ - माओवादीको केन्द्रीय कार्यालयमै उपाध्यक्ष बाबुराम भट्टराईको हत्या योजना बुनिरहेको खुलासा भएको माओवादी प्रबक्ता दीननाथ शर्माले जनाएका छन् ।
उनले मंगलबार बिज्ञप्ति जारी गर्दै भनेका छन्, 'हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)को केन्द्रीय कार्यालय, पेरिसडाँडा परिसरमा प्रवेश गरी उपाध्यक्ष क. बाबुराम भट्टराईको हत्या गर्ने योजना बुनिरहेको खुलासा भएपछि पार्टी दुःखित र सतर्क भएको छ ।'
'सर्वप्रथतः पार्टी उक्त षडयन्त्रमूलक कसरतको घोर निन्दा एवम् भर्त्सना गर्दछ । त्यसैगरी पार्टी उक्त षडयन्त्रबारे थाहा पाएर बेलैमा पार्टी नेतृत्वलाई जानकारी गराउनुहुने क.उपाध्यक्षको सुरक्षामा खटिनुभएका सुरक्षाकर्मी र जनमुक्ति सेनाका कमरेडहरूप्रति हार्दिक धन्यवाद
ज्ञापन गर्दछ' बिज्ञप्तिमा भनिएको छ ।
ज्ञापन गर्दछ' बिज्ञप्तिमा भनिएको छ ।
शर्माले बिज्ञप्तिमा पछिल्लो समयमा बढ्दै गएका अराजक, अनुशासनहीन एवम् उच्छृङ्खल तत्वका गतिविधिले कतै पार्टीभित्र प्रतिक्रियावादी घुसपैठ खतरनाक तहसम्म पुगेको त छैन भन्ने गम्भीर आशंका पैदा गराएको समेत उल्लेख गरेका छन् ।
साथै घटनामा संलग्न व्यक्तिहरूलाई छानविन गरी अनुशासनको दायराभित्र ल्याउनु पार्टीको दायित्व भएको बताइएको छ ।
सोमबार पार्टी कार्यालयमै जनक बर्तौला नाम गरेका एक जना मजदुर कार्यकर्ताले उपाध्यक्ष भट्टराई सिध्याउने भन्दै मोवाइलबाट मान्छे मगाएको भन्ने समाचार विभिन्न सञ्चार माध्यमले प्रकाशन प्रसारण गरेको थियो ।
Source: ekantipur.com