Responsive Ad Slot

latest

Sunday, May 22

/ by Admin BHOLA THAPA
आशू पिएर बाच्न गारो पो हूदो रैछ
माया लुकाएर राख्दा ह्दय रोगी हुदो रैछ
समयमै भन्न नसक्दा मायालु नै गुमाउनु पर्दो रैछ
सारा जिवन भर उसैलाई नै सम्झी वस्नु पर्ने रैछ ।

जिवनको मूल्य मायामा थाहा नपाइदो रैछ
गास वासको ठेगान नहुदा बहुला र जोगी नै भइदो रै छ
मायालु बिनाको संसार तुच्क्ष र निरस देखिदो रैछ
आखा चिम्ले पनि झनै गाढा देखिदो पो रैछ ।

जिउन मन नलागे पनि वाच्नै पर्दो रैछ
पिउदिन भन्दा पनि उसलाई भुल्न पिउनु नै पर्दो रैछ
विवशतामा जिवनलाई घिर्सानु नै पर्दो रैछ
दिन काट्दै मृत्युलाई कुर्नु नै पर्दो रैछ ।
**********************************
बुद्धी लाल श्रेष्ठ
स्याम्घा तनहँु
हाल दोहा कतार
Don't Miss
© all rights reserved
made with by netKUTI