आश गुरुङ, लमजुङ, जेठ ५ गते ।
तनहुँमा बुधवार साँझ चट्याङ पर्दा २ जनाको घटनास्थलमै मृत्यू भएको छ । चट्याङ लागेर साभुङ भगवतीपुर गाविस वडा नम्बर ३, कोकसन्दी बजारीकी ८० वषिर्या खिनासरा थापामगर र उनकी बुहारी ४५ बषिर्या बोजीसरा थापामगरको मृत्यू भएको हो ।परिवारका अन्य सदस्यहरु भने सकुशल रहेको तनहुँ प्रहरीले जनको चट्याङले लागेर मृत्यू भएको छ । चट्याङ लागेर घरमा बाँधेर राखेको एउटा गोरु पनि मरेको छ ।
पानी परिरहेको अवस्थामा घरभित्र बसिरहेकी सासु खिनसरा र पीँढिमा बसिरहेकी बोजीसराको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । उनीहरुको शवलाई आफन्तको जिम्मा लगाएको तनहुँ प्रहरीले जनाएको छ ।