कृष्ण न्यौपाने
जेठ ४ गते ।
तनहुँको अरुणोदय गाउँ विकास समिति वडा नम्बर ६, खहरेका एकै परिवारका तीन जनाले विष सेवन गरेर आत्महत्या गरेकाछन् ।आत्महत्या गर्नेमा ३१ वषिर्य दीर्घसिंह कुमाल, उनकी कान्छी श्रीमती २१ बषिर्या श्री कुमाल र जेठी श्रीमतीपट्टीका १० बषिर्य सन्दीप कुमाल रहेकार् इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी नायब निरीक्षक दिनेश पुनले जानकारी दिनुभयो ।
कान्छी श्रीमतीलाई दीर्घसिंहले ६ महिनाअघिमात्रै घर भित्र्याएका थिए । जेठी श्रीमतीपट्टकिा ४ बषिर्य छोरा भने शकुशल रहेको तनहुँ प्रहरीले जनाएको छ । जेठी श्रीमती १० दिनदेखि घरमा नरहेको स्थानीयवासिन्दाले वताएकाछन् ।हिजो साँझ खाना खाएर सुतेका कुमाल परिवार आज विहान मृत भेटिएका हुन् । उनीहरुको साथमा प्रहरीले 'इन्डोसेलफन' नामक विषादीको खाली सिसी र रियल जुसको बट्टा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलर् इलाका प्रहरी कार्यालय बेलचौतारावाट दक्षिणी भेगतर्फझण्डै १५ किलोमीटरको दूरीमा पर्दछ ।जेठी श्रीमती घर छोडेर हिँडेपछि साधारण पसल संचालन गरेर वस्दै आएका दर्ीघसिंह मानसिक तनावमा रहेका थिए । घरायसी समस्याका कारण कुमाल परिवारले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।