Responsive Ad Slot

latest

मिस मगर पोखरा २०११ हुने

Saturday, May 14

/ by Admin BHOLA THAPA
धन बस्नेत
पोखरा ३१ वैशाख / जातिय भाषा र संस्कृतिको उत्थान प्रतिभाको प्रस्फुटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ नेपाल मगर समाज कास्कीले मिस मगर पोखरा आयोजना गर्ने भएको छ । मिस मगर आयोजनामा नेपालमानै पहिलोपटक हुने आयोजक मगर संघ कास्कीले दावी गरेको छ । मगर समुदायमा रहेका युवतीहरुको प्रतिभा प्रस्फुटन गराउने र भाषा र संस्कृतिको पर््रवर्द्धन गर्ने उद्देश्यले आयाजना गरिएको उक्त प्रतियोगिता आषाढ ४ गते पोखराको सभागृहमा गरिने छ । मिस मगरको लागि आवश्यक तयारी भने शुरु गरिएको छ । ‘भाषिक उत्थान र सँस्कृतिसँगै प्रतिभा उजागार गर्ने लक्ष्यसहित पहिलो पटक मिस मगर प्रतियोगिता गर्ने तयारी गरेका हौं ।’ पत्रकार सम्मेलनमा वोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्ण वहादुर रानाले बताउनुभयो ।भाषा र संस्कृतिको उत्थानको लागि आयोजना गर्न लागिएको उtm प्रतियोगितामा १५ वर्षदेखि २२ वर्षउमेर समुहका २५ जना मगर यूवतीहरुको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा सहभागित हुने युवतीले आउँदो जेठ ६ गतेसम्म र्फम भर्नुपर्ने समेत उहाँले बताउनुभयो । नेपाल मगर संघको कार्यालयमा आवेदन र्फमको लागि खुल्ला गरिएको छ ।

र्फम भरेका युवतीहरुबाट छनोट गरेर आवश्यक तालिम समेत प्रदान गरिने बताइएको छ ।
पोखरामा यसअघि मिस नेवाको कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै गुरुङ समूदायको पनि ट्यालेन्ट कन्टेष्ट हुर्दै आएको छ । बालबालिका तथा युवा पुस्ताहरुको लिटिल किड क्वीन एवं मिस पोखरा/मिष्टर पोखरा हुदैं आएको छ । मिस मगर पोखराका २०११ ले १५ हजार नगद सहित प्रमाणपत्र , फस्ट रनरअपलाई १० हजार र सेकेण्ड रनरअपलाई ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI