कैलासवावु श्रेष्ठ/गोरखा
वैशाख २७ गते । गोरखा जिल्ला भर भै देशको विभिन्न भागमा रहेर स्नातक अध्ययन गरेका मुस्लिम समुदायका विद्यार्थीहरुलाई अध्ययनका लागी छात्रवृत्ति दिने घोषणा गरीएको छ ।
जिल्ला विकास समिति गोरखाले हालै गरेको निर्णय अनुसार गोरखा जिल्ला घर भै देशको कुनै पनि भू भागमा स्नातक अध्ययन गरी रहेका मुस्लिम समुदायक विद्यार्थीहरुलाई वाषिर्क ५ हजारका दरले छात्र वृत्ति दिने निर्णय भएको हो । जिविस अन्तरर्गत रहेको मधेशी मुस्लिम पिछडावर्ग उत्थान कोषले हालै गरेको निर्णय अनुसार उत्त सुविधा पाउने भएको हो ।पहिलो चरण अन्तरर्गत समितिले ६० हजार रकम विनियोजन गरेको छ । यो रकम जेष्ठ मसान्त सम्म आवेदन दिनेलाई प्रदान गरीने छ । समितिका सदस्य रहमतुल्ला मियाका अनुसार पहिलो चरण अन्तरर्गत १२ जनालाई यो छात्रवृत्ति प्रदान गरीने छ भने अपुग भएको खण्डमा रकम पुन थप
गरीने छ ।
गरीने छ ।
यसै विच समितिले गोरखा जिल्ला भित्र रहेको मदरसा ब्यवस्थित गर्ने उद्वेश्यका साथ रकम विनियोजन गरेको छ । जिल्ला भित्र रहेको कुल १४ मदरसालाई २ लाख रुपैया विनियोजन गरेको हो ।