Responsive Ad Slot

latest

तनहुँ:क्याम्पस ‘नो मोबाइल जोन'! ~

Sunday, April 24

/ by Admin BHOLA THAPA
नो मोबाएल ल 
विबेक खनाल नमस्ते तनहुँ ब्लग
तनहुँ वैशाख - नियमित पठनपाठनमा समस्या भएको भन्दै दमौलीस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीले बुधबारदेखि क्याम्पसलाई ‘नो मोबाइल जोन' घोषणा गरेका छन्।
शैक्षिक गुणस्तर बृद्धिका लागि विद्यार्थीको सक्रियतामा गठित ‘गुणस्तर व्यवस्थापन वृत्त' क्याम्पसलाई बिहान ६ बजेदेखि १० बजेसम्म ‘नो मोबाइल जोन' घोषणा गरेका हुन्।
‘पढाइको समयमा शिक्षक-विद्यार्थीले मोबाइलमा कुरा गर्दा शैक्षिक वातावरण प्रभावित भयो,' वृत्तका सदस्य पवन पौडेलले भने, ‘सबै विद्यार्थीबाट मोबाइल निषेधित क्षेत्र घोषणा गर्ने राय भएपछि नो मोबाइल जोन घोषणा गर्यौश।' मोबाइल फोन प्रतिबन्ध लगाएपछि क्याम्पसको शैक्षिक व्यवस्थापनमा सुधार आउने उनले आशा गरे।
वृत्तको बैठकले बुधबार क्याम्पसलाई मोबाइल प्रतिबन्ध क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वृत्तको निर्णयलाई क्याम्पस सहायक प्रमुख रघुराज काफ्लेले घोषणा गरेका थिए। नो मोबाइल जोनको घोषणालाई क्याम्पसका विद्यार्थीले ताली बजाएर समर्थन
गरेका थिए।
शिक्षक र विद्यार्थीले कक्षाकोठामा मोबाइल साइलेन्स राख्नुपर्ने र अति आवश्यक परे क्याम्पसबाहिर गएर प्रयोग गर्नुपर्ने काफ्लेले बताए। मोबाइल फोन प्रयोग भए/नभएको वृृत्तले अनुगमन गर्ने छ। स्नातकोत्तरसम्म पढाइ हुँदै आएको क्याम्पसमा १३ सय विद्यार्थी अध्ययनरत छन्।
विद्यार्थीबाट आएको ‘नो मोबाइल जोन'को अवधारणाले क्याम्पसको स्तर बृद्धिमा टेवा पुग्ने क्याम्पस प्रमुख बैकुन्ठ न्यौपानेले बताए। ‘हामी क्याम्पसको स्तर बृद्धिको अभियानमा जुटिरहेका छौं,' उनले भने, ‘नो मोबाइल जोनको अवधारणाले हामीलाई समेत हौसाएको छ।' प्रतिबन्ध लगाएको समयमा कसैले मोबाइल फोन प्रयोग गरे १० रुपैयाँ जरिवाना तिनुपर्ने
Don't Miss
© all rights reserved
made with by netKUTI