९१ लाख रुपैयाँ र हिराको हार भेट्टाइन्। तर आफैले सुटुक्क नराखी जसको हो उसैलाई बुझाइन्।
नैतिकताको खडेरी परेको बेलामा योभन्दा राम्रो सकारात्मक खबर अरु के हुन सक्थ्यो ? ओइरियो बधाई। राष्ट्रपति र प्रधानन्यायाधीशबाट समेत वाहवाही पाइन्। चियापसलदेखि कर्पोरेट हलहरुसम्म चर्चाको विषय बनिन् उनी।
तर अहिले अनुजा बानियाँमाथि प्रश्न उठ्न थालेको छ। बुधबार समाचार छापिएपछि सुरु भएको यो चर्चा अझै पनि कायमै छ। तर दुई दिनभित्र चर्चाको कोण सकारात्मकबाट नकारात्मकतिर बढी ढल्किन पुगेको छ। यो खबरलाई झुटो मान्नेहरुले सीधै मिडियामाथि औँला ठड्याउन थालेका छन्। सामान्य पाठकलाई कुन पत्रिका वा पत्रकारले समाचार लेखेको मतलबको विषय हुँदैन।
उसलाई कहिले हो भन्ने र कहिले हैन भन्ने दुवै खबर मिडियाले कोच्चाएपछि दोष देखाउने ठाउँ मिडिया नै हो। त्यसै पनि यो जनचासोको विषय बनिसक्यो। आफूमाथि विश्वासको प्रश्न उठेपछि समग्र मिडियाले साख जोगाउन यसको सत्यतथ्य बाहिर ल्याउनै पर्छ। तर आखिर हो के त सत्य ?

Source mysansar.com