तनहुँ खबर“पाहुनाको स्वागत सत्कार, नेपालको संस्कार, साहित्यिक पर्यटनका लागि भानु भहोत्सव” भन्ने उद्देश्यका साथ यहि चैत्र २८ देखि २०६८ वैशाख २ गतेसम्म भानु संस्कृत माध्यमिक विद्यालय, भानु-३, चुँदीरम्घा, तनहुँमा पहिलो भानु महोत्सव हुने भएको छ । भानु जन्मस्थल विकास समितिले आइतबार दमौलीमा पत्रकार सम्मेलन गरी यहि चैत २८ गतेदेखि वैशाख २ गतेसम्म भानु महोत्सव हुने जानकारी दिइएको हो । “साहित्यिक पर्यटनका लागि भानु महोत्सव” भन्ने मुल नाराका साथ ५ दिनसम्म सञ्चालन हुने महोत्सवको राष्ट्रपति रामवरण यादवद्वारा एक विशेष समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम तय भएको महोत्सव मुल समारोह समितिका संयोजक तथा भानु जन्मस्थल विका समितिका अध्यक्ष श्रीभक्त आचार्यले बताउनु भएको छ ।
भानु जन्मस्थल लगायतका क्षेत्रलाई साहित्यिक पर्यटनको उद्गम स्थल बनाउने, भानुभक्त आचार्यको महिमालाई विश्वभर चिनाउने लक्ष्यका साथ यो महोत्सवको आयोजना गरिएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक तथा महोत्सव मुल समारोह समितिका सदस्य-सचिव नवीनराज दाहाले जानकारी गराउनु भएको छ ।
नेपाली भाषा र साहित्यको क्षेत्रका विशेष योगदान पुर्याएका विभुति आदिकवि भानुभक्त आचार्य विविध कारणले ओझेलमा परेको भन्दै भानुको महत्वलाई कायम गर्न महोत्सव गर्न लागिएको कार्यकारी निर्देशक नविनराज दहालले वताउनुभयो । भानुको महिमा र जन्मस्थल क्षेत्रको प्रचारप्रसार गरि ५० हजार आन्तरिक तथा वाहृय पर्यटक भित्र्याउने आयोजकले लक्ष्य लिएको छ । करिव १२ लाख ८० हजार रुपैयाँको लागतमा हुन लागेको महोत्सवमा भानुको जीवनी झल्कने खालका सामाग्री प्रदशर्नीका लागि ५० स्टल राखिने छ ।
वृहत साहित्यिक सम्मेलन, भानुको जिवनीमा आधारित चलचित्र, रामायण वाचन, रामायण दोहोरी, भानु संग्रालय, लोपन्मुख पाउदुरे, नचरी नृत्य मुख्य आकर्षा रहने पत्रकार सम्मेलनमा बताइएको थियो । प्रसस्त पर्यटनको सम्भावना रहेर पनि सम्वन्धित निकायले वेवास्ता गर्दा भानुको पहिचान ओझेलमा छ भने भानुको घर समेत खण्डहर अवस्थामा पुगेकाले यसको उजागर गर्न महोत्सव गर्न लागिएको महोत्सव प्रचारप्रसार संयोजक सहदेव अधिकारीले वताउनुभयो । भानुसँग सम्वन्धी भौतिक संरचना निर्माणका लागि पनि महोत्सव फलदायी हुने आयोजकले दाबी गरेको छ । महोत्सवका लागि भानु गाउँ विकास समिति तनहुँ र नेपाल पर्यटन वोर्डले सहयोग गरेको बताइएको छ । http://www.hamrotanahun.com/