'सिमसिमे पानीमा
ज्यानले बेइमान गर्छ कि
जिन्दगानीमा'
डेढ दशकअघिको आफ्नो यो चर्चित गीतको प्रतिलिपि अधिकारी हनन भएको गायिका रेखा शाहले गुनासो गरेकी छन् ।
राजधानीमा पत्रकार सम्मेलन गरी शाहले भनिन्, 'मैले शब्द र लय संकलन गरी संगीत भरेरे यही गीत गाएँ । जसबाट म २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम भएकी हुँ ।'
पछि आफूले यो गीत प्रेमराजा महतलाई गाउन दिएको र सो गीतको महतले प्रतिलिपि अधिकार हनन गरेर एक्लौटी बनाउन खोजेको उनले बताइन् ।
'मैले त्यतिबेला म्युजिक नेपालबाट एल्बम निकाल्ने आसयले मात्र प्रेमराजा महतलाई गाउन दिएकी हुँ, तर त्यतिबेला मलाई म्युजिक नेपालसँगको सम्झौता पत्र हर्ने दिइएन । हाल बुझ्दा म्युजिक नेपालसँगको सो सम्झौतापत्रमा गायक प्रेमराजा महतको एकलौटी अधिकार रहेको खुल्न आएको छ ।
' पत्रकार भेटघाटका क्रममा गायिका शाहले भनिन्, 'सो एल्बम चार लाखप्रति बिक्री भइसक्दा पनि अहिलेसम्म मैले उचित रोयल्टी पाएकी छैन ।
तीन वर्षघि यही गीतलाई मैले रिमिक्स गर्न लाग्दा प्रेमराजा महतको अनुमति चाहिन्छ भनेर म्युजिक नेपालले मलाई मेरै गीत रिमिक्स गर्न दिएन ।'
गत महिना नेपाल आएका प्रेमराजा महतले १५ चैतमा नयाँ गीतिसंग्रह 'आकासैमा जुन' लोकार्पण गर्दै छन् ।
सो गीतिसंग्रहको सातै नम्बरमा आफ्नो गीत सिमसिमे पानीमा महतले आफूसँग अनुमति नलिई राखेको पनि शाहले स्पष्ट पारिन् ।
सो गीतको अधिकार प्राप्तिका लागि गायिका शाहले राजिस्टारको कार्यालयलाई जानकारी गराएकी छन् ।
सो गीतबारे राजिस्टार वीरबहादुर र्राईले पत्रकार भेटघाटको क्रममा भने, 'शोषण भएको बारे हामीले जानकारी पायौं ।
गायिका रेखा शाहले न्याय पाउनुपर्छ ।' उत्पादक संस्था म्युजिक नेपाल र गायक प्रयोगकर्ता प्रेमराजा महतले पनि उनलाई क्षतिपर्र्ति दिनुपर्नेमा पनि र्राईले जोड दिए ।
आफ्नो गीतका प्रतिलिपि अधिकारका लागि आफू मंगलबार कानुनी कारबाहीमा जाने पनि गायिका शाहले बताइन् । सो गीतको प्रयोजन आफ्नो अनुमतिविना कसैले पनि नगर्न उनले सञ्चारमाध्यममार्फत अनुरोध गरेकी छन् ।
०४९ सालमा निक्लिएको गीतिसंग्रह सिमसिमे पानीमा यो गीत रेखा र प्रेमराजाको युगल स्वरमा थियो ।
सो गीत त्यतिबेला र्सवाधिक सफल भएको थियो ।Source http://www.everesttimesnews.com/