तनहुँ खबर तनहुँको दुलेगौंडास्थित शुक्लागण्डकीको तटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यकासाथ आयोजित श्रीमदभागवत् सप्ताहज्ञान महायज्ञको बुधबारसम्म ९० लाख रुपैयाँ बराबरको आर्थिक संकलन भएको छ । बालव्यास श्रीराम प्रपन्नाचार्य -ऋषि गुरु) प्रमुख वाचक रहनु भएको महायज्ञमा दानदिने भक्तजनहरुको ओहिरो लागेको आयोजकले बताएको छ । महायज्ञ आज बिहीबार समापन हुँदै छ । तनहुँको दुलेगौडां गाविसको गाछेपानीस्थित सेती नदी किनारको प्रयोगका लागि तयार भएको गुरुयोजना सफल पार्न अर्थ संकलन गर्ने उद्देश्यले बिहीबारबाट सप्ताहव्यापी ज्ञान महायज्ञ गरिएको हो ।
करिव ३५ रोपनीे क्षेत्रको जग्गालाई समेटेर निर्माण गरिएको गुरुयोजना अनुरुप सामुदायिक भवन, वृद्धा-आश्रम, व्यवस्थित समाधी तथा पार्क निर्माणको कार्य प्रारम्भ गर्न आर्थिक संकलन गर्ने उद्देश्यले महायज्ञ गरिएको आयोजक मुक्तिनाथ शुक्ला गण्डकी च्यवनधाम गाछेपानीले बताएको छ । महायज्ञ्ाबाट एक करोड सहयोग रकम संकलन गर्ने लक्ष्य आयोजकले राखेको छ । साःhttp://hamrotanahun.com.np