Responsive Ad Slot

latest

भानु महोत्सव सफल पार्न पोखरामा पत्रकार सम्मेलन

Monday, March 28

/ by Admin BHOLA THAPA
भानु तनहुँ आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको भानु गाउँ विकास समिति वडा नं. ३ चुँदीरम्घामा भानु महोत्सव हुने भएको छ । भानु जन्मस्थल विकास समिति र तनहुँ-पोखरा सर्म्पर्क मञ्चले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी यहि चैत २८ गतेदेखि वैशाख २ गतेसम्म भानु महोत्सव हुने जानकारी दिइएको हो । साहित्यिक पर्यटनका लागी भानु महोत्सव भन्ने मुल नाराका साथ ५ दिनसम्म सञ्चालन हुने महोत्सवमा भानुजन्मस्थल लगायतका क्षेत्रलाई साहित्यिक पर्यटनको उद्गम स्थल वनाउने, भानुभक्त आचार्यको महिमालाई विश्वभर चिनाउने लक्ष्य रहेको आयोजकले वताएको छ । नेपाली भाषा र साहित्यको क्षेत्रका विशेष योगदान पुर्‍याएका विभुति आदिकवि भानुभक्त आचार्य विविध कारणले ओझेलमा परेको भन्दै भानुको महत्वलाई कायम गर्न महोत्सव गर्न लागिएको जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक नविनराज दहालले वताउनुभयो । भानुको महिमा र जन्मस्थल क्षेत्रको प्रचारप्रसार गरि ५० हजार आन्तरिक तथा वाहृय पर्यटक भित्राउने आयोजकले लक्ष्य लिएको छ ।करिव १२ लाख ८० हजार रुपैयाँको लागतमा हुन लागेको महोत्सवमा भानुको जीवनी झल्कने खालका सामाग्री प्रदशर्नीका लागि ५० स्टल राखिने छ ।
वृहत साहित्यिक सम्मेलन, भानुको जिवनीमा आधारित चलचित्र, रामायण वाचन, रामायण दोहोरी, भानु संग्रालय, लोपन्मुख पाउदुरे, नचरी नृत्य मुख्य आकर्षा रहने पत्रकार सम्मेलनमा जन्मस्थल विकास समितिका अध्यक्ष श्रीभक्त आचार्यले वताउनुभयो । प्रसस्त पर्यटनको संभावना रहेर पनि सम्वन्धित निकायले वेवास्ता गर्दा भानुको पहिचान ओझेलमा छ भने भानुको घर समेत खण्डहर अवस्थामा पुगेकाले यसको उजागर गर्न महोत्सव गर्न लागिएको महोत्सव प्रचारप्रसार संयोजक सहदेव अधिकारीले वताउनुभयो । भानुसँग सम्वन्धी भौतिक संरचना निर्माणका लागि पनि महोत्सव फलदायी हुने आयोजकको दाबी गरेको छ । महोत्सवका लागि भानु गाउँ विकास समिति तनहुँ र नेपाल पर्यटन वोर्डले सहयोग गरेको बताइएको छ । surece : hamrotanahun.com

Don't Miss
© all rights reserved
made with by netKUTI