Responsive Ad Slot

latest

अन्तरक्रिया कार्यक्रम

Wednesday, March 30

/ by Admin BHOLA THAPA
तनहुँ दिन प्रतिदिन युवाहरु लागुपदार्थको दर्ुर्व्यसनिमा फस्दै गएको भन्दै प्राणवायु सप्तषर्ी मण्डल ग्रमीण बिकास संस्थाद्वारा सोमबार तनहुँको आँवुखैरेतीमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बढ्दो दर्ुर्व्यसीले युवाहरुमा नकारात्मक सोचको विकास हुँदै गएको र यो देश र समाजका लागि घातक हुने भन्दै वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए । आँवुखैरेनि गाविसमा मात्र ५० प्रतिशत युवाहरु लागुपदार्थको दुव्यसनिमा फसेको संस्थाका अध्यक्ष राजन पन्थले बताउनु भएको छ ।
अभिभावको लापरबाहिर र फितलो कानुनका कारण तथा प्रयोग गरिरहको अवस्थामा लागुपदार्थ प्रयोग गरि रहको अवस्थामा नभेटाउनुको कारणले नै प्रहरीलाई कारबाही गर्न अप्ठ्यारो भएको आवुखैरेनिका प्रहरी निरीक्षक विरेन्द्र थापाले बताउनु भयो । प्रहरी, स्थानीय वासिन्दा, स्थानीय क्लव, आमा समुह लगायतका संघ संस्थाहरुसंग सहकार्य गदै अगाडी बढेमा यसलाई न्युनिकरण गर्न सकिने लियो क्लव अफ आँवुखैरेनिका अध्यक्ष मनोज कुमार श्रष्ठले बताउनु भएको छ । लागुपदार्थको दर्ुर्व्यसनि रोक्न र दर्ुर्व्यसननिमा लागेका व्यक्तिहरुमा लाग्ने रोगको बारेमा जनचेतना बढाउन लियो क्ल्व आँवुखैरेनि र प्राणय वायु सप्तषर्ी ग्रमीण विकास संस्था मिलेर आँवुखैरेनिका विद्यलयमा वृत्तचित्र पर््रदर्शनी गरीने समेत बताईएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI