सन्दर्भ
कल्पना थापा
नेपालामा २०४ सालमा मनगला देबी सिह ,साहाना प्रधान , सधाना प्रधान लगायतका महिला नेतृहरुले राणा प्रधान मन्त्री सग महिलाले पनि भोट हाल्न पाउनु पर्ने , स्कुल पढ्न पाउनु पर्ने माग राखे र राणा प्रधान मन्त्रि ले त्यसलाई पुरा गरिदिए । त्यसै बेला देखी नेपालामा महिलाहरुको पढ्ने लेख्ने समुह बनाउने कुरामाँ केहि अघी बढेको पाइन्छ ।
बिश्वमा सन १९१० देखी मनाउन थालिएको श्रमिक महिला दिबस नेपालामा बिधिबत रुपमा २०१६ सालबाट मनाउन थालिएको पाइन्छ पितृशतात्मक शोच र रुढिबाधी मानसिकता बोकेको हाम्रो नेपाली समाजको सोचलाई बदल्दै अहिलेको आधुनिक युग सम्म ल्याउन नेपाली महिला नेतृहरुले ठुलो योगदाग गरेका छन जसको अहिलेका पिढिले सम्मान गर्न सक्नु पर्छ । महिलारुले नेपाली समाजमा अहिले पनि थुप्रै बिभेधहरु बिधमान छन ति सबै बिभेद्लाई चिर्दै समानता र समाबेसिको लागी आफ्नो अस्तित्व जोगाउन नेपाली समाजमा महिलाहरुले ठुलो सर्घष गर्नु पर्छ । अहिलेको पुजिबादी समाजमा महिलालाई अझै पनि एउटा मनोरन्जको सामागृको रुपमा हेर्ने गेरेको पाईन्छ ।जसले गर्दा अहिले पनि हाम्रा धेरै दिदी बहिनी भारत लगाएतका खाडी मुलुकमा गएरा आफ्नो नारकिय जिन्दकी बिताउन बाध्य छन ।
उनिहरुको हक र अधिकारको लागी पनि सबै एकजुट हुन आबस्यक छ । अहिलेको पुजिबादले महिलाको पाठेघरको समेत किन बेच गर्छ । त्यसको समग्र महिलाहरुले बिरोध गर्नु पर्छ । किन कि महिलाहरुको आफ्नो मौलिक हकलाई समेत एसले अशर पारेको छ । यस्तो चलनले महिलाहरुलाई केबल बच्चा जनमाउने सधनको रुपमा मात्र उपायोग गरेको पाइन्छ । महिलाहरु माँनब नभै एउटा बच्चा जन्माउने साधनको रुपमा मात्र हुन भन्ने कुरा भनने गरिन्छ तेसैले सबै महिलाहरुले आफु के हो र आफ्नो अधिकार के हो भन्ने कुरा बुझ्न आबस्यक छ । हुनत कनुनता हामीले धेरै अधिकार्रहरू पाएका छौ । तर नेपाली समाज को ब्यबाहरा मा स्विकार्न अझै गार्यो छ । अब बन्ने सम्बिधान महिलहरुले समान हैसियत प्राप्त गरे भने अहिले सम्मा हाम्रा अगुवा महिलहरुले गरेको सङ्घर्षको कदर हुने थियो । नेपाल सरकारले ल्याएको समाबेसिको नारालाई घर देखी सबै ठाउमा लागु गर्न सकियो भने मात्र हामी सबै आफ्नो ठाउमा टेक्न सक्छौ ।सबै ठाउमा महिलाको पहुचलाई पुर्याउन सकियो भने मात्र औपचारिक रुपमा नारी दिबस मनाएको ठहरिने छ ।