एजेन्सी १३ चैत्र -भारत–अस्ट्रेलियाबीचको खेललाई अत्यन्त रोमाञ्चक हुने भएकाले मिनी फाइनल मानिएको थियो, तर अबको भारत–पाकिस्ताको सेमिफाइनल खेल पनि त्योभन्दा पनि रोचक मानिन थालिएको छ । खेलको रोचकतालाई मध्यनजर गरी विज्ञापनदर पनि सामान्यभन्दा ३ सय ५० प्रतिशतले बढेको छ । आईसीसी विश्वकप प्रसारक संस्था ईएसपीएन स्टार स्पोर्ट (ईएसएस) यो रोचक क्षण विज्ञापनमार्फत ठूलो फाइदा लिन सकिने भएकाले त्यतातिर लागिपरेको छ । मिडिया योजनाकारहरूले मोहालीमा हुने यी दुई देशबीचको सेमिफाइनल खेलमा ईएसएसले १० सेकेन्डका लागि १७ देखि १८ लाख भारु शुल्क निर्धारण गरेको बताएका छन् ।खेल सुरु हुनुभन्दाअघि यी प्रसारक संस्थाहरूले १० सेकेन्डका लागि केबल साढे ३ देखि ४ लाख भारुसम्म शुल्क लिने गर्थे । ईएसएसले भारत–अस्ट्रेलियाबीच बिहीबार भएको खेलमा प्रतिदश सेकेन्डमा ८ देखि ९ लाखसम्म तिर्ने ब्रान्डहरू ब्रिटानिया र नाइकजस्ता विज्ञापनदाता पाएको छ । “थोरैमात्र समय बाँकी छ । यसका लागि हामी अघिल्ला खेलहरूमा भन्दा बढी तिर्ने विज्ञापनदाता खोजिरहेका छौं,” ईएसपीएन सफ्टवेयर इन्डियाका बिक्री
र नयाँ माध्यमका कार्यकारी सञ्जय कैलाशले भने । खेल प्रसारकहरूले १० प्रतिशत प्रमुख समय नबेचीकन राखेका छन् ।
“विश्वकपले प्रभावशाली दर ल्याएको छ र सबै ग्राहकसम्म तत्काल पुग्न सक्ने माध्यम पनि । हामी सेमिफाइनलका लागि केही क्रेताको खोजीमा छौं,” मेडिसन मिडियाका प्रमुख कार्यकारी बसबदत्त चौधरीले भने ।
धेरै मिडिया योजनाकारहरूले पहिले नै ग्राहक रहेकाहरूसँग धेरै मौज्दात खरिदको सोच बनाएको बताएका छन् । मिडिया एजेन्सी म्याक्ससले भोडाफोन, नोकिया, हिरो होन्डा, फियटका लागि समय किनेको छ ।
क्रिकेटसँग परम्परागत
रूपमा आबद्ध पेयपदार्थ उत्पादन गर्ने प्रमुख पेप्सीको इन्डियाले विश्वकप अवधिभर खेलमा उत्साह जगाउन ‘चेन्ज द गेम’ को नारा ल्याएको छ ।
रूपमा आबद्ध पेयपदार्थ उत्पादन गर्ने प्रमुख पेप्सीको इन्डियाले विश्वकप अवधिभर खेलमा उत्साह जगाउन ‘चेन्ज द गेम’ को नारा ल्याएको छ ।
२००७ मा सुरु चरणबाटै भारत बाहिरिएको अवस्थाबाट पाठ सिकी यो पटक ब्रान्डले अभियानलाई भारतबाट टाढै राखेको छ । कम्पनीले खेलमा हुने परिवर्तनलाई बढी केन्द्र्रीत गरेको छ ।
टिकटमा कालोबजारी
यो सेमिफाइनलका लागि टिकट ‘ब्ल्याक’मा बिक्री भइरहेको छ । औसत २ सय ५० भारु पर्ने टिकटलाई कम्तप्मा २ हजार, ५ सय दरको टिकटलाई ४ हजारदेखि ५ हजार, १ हजार दरको टिकटलाई साढे ६ हजारदेखि ७ हजार रुपैयाँसम्म कालोबजारी गरेर बिक्री गर्न थालिएको टिभी च्यानलहरूले खुलासा गरेका छन् ।
पीसीए स्टेडियमले बैंक तथा आफ्ना काउन्टरहरूमार्फत १४ हजार सिटका टिकट बेचिसकिएको बताए पनि शनिबारसम्म टिकट किन्नेहरूको भीड बढेको थियो ।
विश्वकप क्रिकेटका विजेताले ३२ लाख ५० हजार अमेरिकी डलरको पुरस्कार पाउँछन् ।
Source : http://nmkhabar.com/node/10449