Responsive Ad Slot

latest

कास्कीमा फेरी भुकम्पको झ्टका

Wednesday, March 23

/ by Admin BHOLA THAPA
धन बस्नेत-पोखरा, ८ चैत/ कास्की भुकम्पको लागि निकै जोखिम क्षेत्र हो । हिमाली क्षेत्र बढी जोखिम क्षेत्र हुने भुगर्भ विभागले बताउँदै आएको छ । जोखिम क्षेत्रकै रुपमा रहेको कास्कीमा मंगलबार फेरी भुकम्पको धक्का महशुस गरिएको छ । एक महिनाको अवधिमा आधा दर्जन भन्दा बढी भुकम्प गएको विभागको तथ्याङ्कले देखाएको छ । मंगलबार विहान कास्कीको पुरन्चौर र लाहाचोक आसपासको केन्द्रविन्दु बनाई चार रेक्टर स्केलको भुकम्प गएको थियो । भुगर्भ विभागका प्रमुख सोमनाथ सापकोटाका अनुसार मंगलबार विहान ८ बजेर २३ मिनेट जादाँ धक्का महशुस गरिएको थियो । शहरी क्षेत्र भन्दा केही परभएपनि शहरी क्षेत्र र आसपासका गाउँहरुमा समेत महशुस गरिएको थियो । प्रमुख सापकोटाले कास्कीमा गत फागुन १६ गते, फागुन अन्तिम साता १२ घण्टाको फरकमा तीनवटा भुकम्प गएको जानकारी दिनुभयो । तिब्बतीयन प्लेटो र भारतीय प्लेटो र्सदा भुकम्प आउने भुगर्भ विभागले जनाएको छ ।

नेपालको हिमाली क्षेत्र भुकम्प उच्च जोखिम क्षेत्र हुन् ।
विभागका अनुसार २०६०/०६१ सालमा लगातार तीन पटक भुकम्प गएको थियो । ५ वर्षअघि पोखरामा ४ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको विभागले जानकारी दिएको छ । त्यो नै सबैभन्दा ठुलो भुकम्प थियो । त्यतिबेला पनि कुनै क्षति भने भएको थिएन् । विभागका अनुसार भुकम्प जोखिम न्युनिकरण तर्फर्सवसाधारण सचेत हुनुपर्ने खाँचो औंल्याउँदै आएको छ । विभागले हतास र त्रसित नभई जोखिमबाट बच्ने उपाय अपनाउनुपर्ने बताउँदै आएको छ ।
source:newspokhara
Don't Miss
© all rights reserved
made with by netKUTI