Responsive Ad Slot

latest

कविता/गजल

Sunday, March 20

/ by Admin BHOLA THAPA
आउ सगै अब साथी सागर तरी आउ
देश को माटो टिका लगाइ देश कै गीत गाउ
गरीबिले गाझेको छ हाम्रो देस हेर
लाग्नु पर्छ बिकास तिर भाग्य आउ फेर
...आउ सगै अब साथी सागर तरी आउ
देश को लागि बाच्नु पर्छ देश कै सफत खाउ
नेपाल आमा रुन थालिन मन दुखेर हेर
रुबाउने ति बैरिलाई जन्जिरले बेर
आउ सगै अब साथी सागर तरी आउ
आफ्नै देशको गीत गाउ एही पिरती लाउ
अशिक्षा र गरीबिले ढाकेको छ हेर
जागरण को ज्योति बाल नयाँ दियो फेर
आउ सगै अब साथी सागर तरी आउ
देश को माटो टिका लगाइ देश कै गीत गाउ....




दिनभरी को थकाई ठुलो थियो भारी मेरो
चौतारी मा थकाई मार्न बसे एकैछिन
आँखा चिम्ली सुस्केरा हाली
कम्मर मा हात बाधि
...आकाशमा हेरे एकैछिन
टह टह जुनरैछ
तारा हरु अनगिन्ती
एकान्त मा हराउदै
तिनै तारा गने एकैछिन
तारा बाट अली पर
चहकिलो चिज!!!!
निहालेर हेरे मैले पुर्णिमाको जुन
जुन भित्र तिम्रो मुहार देखे एकैछिन....
********************
Krishana Adhakari
Lamjung
Presently  Qatar
Don't Miss
© all rights reserved
made with by netKUTI