Responsive Ad Slot

latest

वस ठोक्किँदा चालक सहित दुईको मृत्यु

Monday, March 14

/ by Admin BHOLA THAPA

पोखराबाट नारायणगढतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई सोमबार
 पृथ्वीराजमार्गको आवुँखैरेनीमा पोखरातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा
बसले च्याप्पिएर घाइतेहरुलाई उद्दार गर्दै अरु बसका यात्रु र
 स्थानीयबासीहरु । घटनामा दुईको मृत्यु भयो ।
फोटोग्राफर : प्रेम नेपाली

 फाल्गुन ३० - पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ३२०३ नम्वरको यात्रुबाहक बस र पोखरातर्फ जाँदै गरेको ना ३ ख ८३२५ नम्बरको बस आँवूखैरेनी ६ नारीघाट नजिकै सोमवार ठोक्किँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ना ३ ख ३२०३ नम्बरको बसका चालक पोखरा घर भएका विक्रम श्रेष्ठ र सोही वसमा यात्रा गरेकी अन्दाजी २५ वर्षीया एक महिला रहेका छन् ।
दुर्घटनामा गम्भीर घाईते भएका तीन जनालाई भरतपुर अस्पताल भरतपुर पठाईएको र अन्य यात्रुहरु सामान्य घाईते रहेकाले आँवुखैरेनी स्थित क्लिनिकहरुमा उपचार भई रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको विवरण खुली नसकेको प्रहरीले जनायो ।
बसको अगाडिको क्याविनमा रहेका उनीहरुको अर्को वसले ठक्कर दिदा मृत्यु भएको प्रहरी निरिक्षक विरेन्द्र थापाले वताए । उनले वसहरुले सन्तुलन गुमाएर ठोक्किएको हुन सक्ने वताए । source: http://www.ekantipur.com/np/2067/11/30/full-story/326429.html

Don't Miss
© all rights reserved
made with by netKUTI