आफू एक्लो बाहेक गोठघारी पनि छैन ।।
सपनामा रम्नेहरु व्युँझिएर यति भन्छन्,
सहरमा हिजोआज इमान्दारी पनि छैन ।।
आफ्नै माटो वर्काइफर्काइ केही गरौं लाग्छ,
जीजिबिषा धान्ने खाल्को रोजगारी पनि छैन ।
अभावले चाहाहरु खुम्चिएपछि होला सायद
हल्का छैन जीवन अचेल भारी पनि छैन ।
चौबाटोमा अडिएर यात्री पर्खेजस्तै गरी
भन्नैपर्ने विशेष त्यस्तो सफारी पनि छैन ।।
*************************************
लिलप्रकाश चन्द "यात्री"
विनौना(५ बाँके, हाल काठमाडौं