Responsive Ad Slot

latest

सुम्निमा भइन् मिस मंगोल

Sunday, March 13

/ by Admin BHOLA THAPA
काठमाडौ, फाल्गुन २९ - काठमाडौंकी सुम्निमा देवान यो वर्षकी 'मिस मंगोल' घोषित भइन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न कार्यक्रममा सुरुदेखि नै व्यक्तित्व र विचारमा प्रखर देखिएकी २१ वर्षीया सुन्दरीले ताजसँगै ३० हजार नगद पुरस्कार जितेकी हुन् ।

निणर्ायकमण्डलका तर्फबाट ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालले सोधेको प्रश्नमा आत्मविश्वासका साथ प्रष्ट विचार राखेर सुम्निमा 'मिस मंगोल २०११' बनेकी हुन् । सुवालले 'जीवनमा छोरी, दिदी-बहिनी, श्रीमती र आमामध्ये कुन भूमिका रोज्नुहुन्छ र किन ?' भन्ने प्रश्नमा २६ जनामध्ये उत्कृष्ट पाँचमा परेका सबैले 'आमाको भूमिका' रोज्दै सामान्यतः उस्तैउस्तै कारण लेखेका थिए । 'सबै सुन्दर चिजका आत्मा रहेकी आमाले जीवनमा सबैलाई पूर्णता दिन्छिन्' भन्दै आमाको भूमिका रोजेकी सुम्निमाले भनिन्, 'आमामा आउँदा पुस्ताका नारीलाई आत्मसम्मानपूर्ण बाँच्न सिकाउने क्षमता हुन्छ ।' अरू प्रतियोगीभन्दा विचारमा पूर्ण आत्मविश्वास र प्रभावकारी प्रस्तुति दिएकी उनले यो जवाफबाट सबैको मन जितेकी हुन् । उनले 'मिस पर्सनालिटी'को पुरस्कार पनि हात पारिन् ।
सुम्निमालाई 'मिस मंगोल' ताजमा टक्कर दिएकी पोखराकी मनिता गुरुङ र हेटौंडाकी सुषमा लामा क्रमशः पहिलो र दोस्रो रनरअप भए । उनीहरूले १० हजार र ५ हजार रुपैयाँका साथै १४/१४ तोला चाँदीमा विभिन्न पत्थर जडित ताज पाए । तीनैजना विजेता सुन्दरीहरूको टाउकोमा ताज नअडिएपछि सुन्दरीहरूलाई हुटिङ गरिरहेका दर्शकसँग जितको खुसी बाँड्न र र्‍याम्पमा क्याट्वाक गर्न केही समय लागेको थियो ।
यी उत्कृष्ट तीन विधाबाहेक अरू थप नौ विधामा प्रतियोगीलाई पुरस्कार दिइयो । अस्मिता थापामगर 'मिस स्माइल', सविता सोडेम्बा 'मिस बेस्ट स्किन', गुराँस लिम्बू 'मिस बेस्ट हेयर', सिम्रन गुरुङ 'मिस फ्रेन्डसिप', सञ्जु गुरुङ 'मिस फोटोजेनिक', बिमुना शाक्य 'मिस डिसिप्लिन', सुषमा लामा 'मिस पिपुल्स च्वाइस', रोजी शेर्पा 'मिस ट्यालेन्ट' भए ।
तेस्रो 'मिस मंगोल' सुन्दरी प्रतियोगितामा १६ जिल्लाबाट सातजना आदिवासी जनजाति समुदायका युवतीले भाग लिएका थिए । कार्यक्रमको सुरुमा सुन्दरीहरू आ-आपmनो मौलिक पहिचान बोकेका परम्परागत सांस्कृतिक पोसाकसहित मञ्चमा देखिएका थिए । फाइनल राउन्डमा पाँच/पाँच प्रतियोगीहरूलाई लगाइदिएको उस्तै डिजाइनका गाउनले चिम्सेआँखा र स्याउजस्ता गाला भएका सुन्दरीहरूको सुन्दरतामा कमी ल्याएको देखिन्थ्यो । तर, कार्यक्रमको सुरुदेखि नै मन परेका प्रतियोगीको नाम हुटिङ गर्न प्रतिस्पर्धा गरिरहेका दर्शकले माहोल रमाइलो बनाइदिए । साथै लोक सांस्कृतिकदेखि कन्टेम्पोरेरी नृत्य प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बन्यो ।
आदिवासी जनजाति युवतीको सुन्दरता र विचार बाहिर ल्याउने उद्देश्यले तीन वर्षदेखि एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको प्रतियोगिता अन्र्तगत वषर्ारानी गुरुङ -२०१०) र सृष्टि राजकणिर्कार (२००९) ले ताज पहिरिसकेका छन् । साःhttp://www.ekantipur.com/np/2067/11/29/full-story/326356.html
Don't Miss
© all rights reserved
made with by netKUTI