Responsive Ad Slot

latest

गजल

Monday, March 7

/ by Admin BHOLA THAPA
मनको राजा मान्छु तर सर्त छ ।।
तिमि संगै जान्छु तर सर्त छ ।।

देउती बज्यै बागेश्वरी जहा लगेपनि ।
तिम्रै भनि कसम खान्छु तर सर्त छ ।।

मरीहत्य गर्नुपर्छ भन्दीन तिमिलाई
अंगालोमै बान्छु तर सर्त छ ।।

जीवन साथी को भनि सोधे भने ।
तिमिलाई नै छान्छु तर सर्त छ ।।

उपहार त दियौ ग्रहण गर्न बाँकी छ ।
जे दिन्छौ त्यही लान्छु तर सर्त छ ।।
****************************
प्रतिमा परियार “क्षितिजा”
लेखफर्सा ६ सुर्खेत
partima.skt7@gmail.com
Don't Miss
© all rights reserved
made with by netKUTI