Responsive Ad Slot

latest

कविता : जबर्जस्त साझा नियती

Thursday, March 3

/ by Admin BHOLA THAPA
- गणेश खड्का

माझीको घरमा माछाको कोशेली बोकेर
भि. भि. आई. पी. आतिथ्यको अपेक्षामा
ग्वारग्वारती लश्किने लवस्तराहरु
हास्यास्पद !भट्टिमा रक्सीको सगुन भित्र्याएर
रिपिटेड मोस्ट ईम्पोर्टेन्ट गेस्ट को दर्जामा
बेशरम ओईरिरहने गतिछाडाहरु
लज्जास्पद !के परम्परा धान्न खोजेका हुन् ?के रितिरिवाज मान्न चाहेका हुन् ?सधैं,जोगीको घरमा सन्यासी पाहुना
यो रमिता-
देखेर हैरान - तिमी
बुझेर वाक्क - म
भोगेर दिक्क - हामी । यहाँ,-एउटै जातको रक्सीलाई पालै-पालो
झकिझकाउ शो-केशमा सजाइन्छ
नयाँ-नयाँ अनुहारका बोतलहरु फेर्दै
जोगीहरु रक्सीको निम्ती " फेरी " लाउँछन् साधुहरु गाँजा,भाङ,धतुरोको लागि " कमाण्डलु " बोक्छन्
महात्माहरु नामुद " दुर्व्यशनी " छन्

"
ड्रग्स " का खातिर दर्शन बाँड्छन्
जत्ती नाम,रुप र रङका आए पनि
जोगीहरु,-खरानी धसीटोपलेकै छन्
चिम्टा भिरेकै छन्
कान चिरिएकै छन्
पाखण्डपन !छाडा साँढेहरु
आजीवन आजाद छन्
बैंशालु फिलुङ्गेबारी माड्न
अभ्यस्त छन् निर्धक्क
रात निदाएको बेला
राँगाहरु फुक्ने / फुकाइने क्रम जारी छ
कलीला / रुपालु- तोरिहरु,तिलहरु...
कुमारी / वयश्क-रायोहरु,सरस्यूँहरु...
सखाप हुँदाछन्, निरन्तर-निरन्तर...
माली झकाएको मौका छोपी
फूल चोर्न तल्लिनहरु
सुनौलो सम्भावनाका कोपिलाहरु निमोठ्न
उद्दत छन्, क्रमश: क्रमश: । बिडम्बना !स-सबुत, स-प्रमाण भेटिएका
अपराधीहरु - बलत्कारीहरु
स-सम्मान स्वतन्त्र छन्
दिन दहाडै-
रङ्गे हात देखिएका चोर-डाकाहरु
खुलेआम फरार छन्
प्रमाणित ज्यानमारा, लुटेरा, ठगहरु,,,बिना शर्त रिहाई हुन्छन् यो पाशविकता,-हेरेर अबोध - तिमी
सुनेर चूप - म
जानेर मौन - हामी
उफ्.................
विवश तिम्रो नियती
लाचार मेरो नियती
धर्मसंकट हाम्रो नियती
यो जबर्जस्त साझा नियती
तिम्रो...
मेरो...
हामी सबको...।







Don't Miss
© all rights reserved
made with by netKUTI