विराटनगर,१७ फाल्गुन/ कांग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाले प्रधानमन्त्री झलनाथ खनाल एक महिनामै असफल प्रमाणीत भएको दावी गरेकी छन् । मन्त्रिमण्डलको विस्तार गर्न नसकेर खनाल त्यसैमा अल्मलिएको उनको भनाई थियो । प्रेस युनियन मोरङले मंगलवार गरेको भेटघाट कार्यक्रममा उनले आफनै पार्टीका नेतालाई अन्तरघात गरेर प्रधानमन्त्री वनेका खनालले एक महिना वितिसक्दा पनि मन्त्रीमण्डल विस्तार गर्न नसक्नु खनालको असफल हुनुको प्रमाण भएको बताइन् । ‘खनालले एक महिनामै जनविश्वास गुमाए,’ उनले भनिन- ‘उनलाई अव एकछिन पनि पदमा वस्ने उनको नैतिकताले दिदैंन ।’ प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्तिप्रक्रिया तथा संविधान लेखनमा कांग्रेसलाई पाखा लगाएर सत्ता कब्जाको लागि सात बुँदे अपवित्र गठनवन्धन गरेको उनको आरोप थियो । दुई नेताबीचको अपवित्र गठबन्धनले जनता र संविधानसभालाई पंगु वनाएको कोइरालाको भनाई थियो । कांग्रेसलाई वाइपास गरेर संविधान लेखन र शान्तिप्रक्रिया टुंगोमा पुर्याउँछु कसैले भन्छ भने त्यो उसको भ्रममात्र हो उनले भनिन् ।
माओवादीलाई जङगलवाट अहिलेको स्थितीमा कांग्रेसले ल्याएको कोइरालाले दावी गरिन् । ‘बन्दुक वोकेर हिडने माओवादीलाई कांग्रेसले ठुलो त्याग गरेर आजको स्थितीमा ल्याएको हो,’ उनले भनिन्- ‘तर माओवादीले अहिले कांग्रेससँगको सहकार्य तोडेर आफनो दोहोरो चरित्र उदांगो पारेको छ ।’ पार्टीको आन्तरीक विवाद बारे बोल्न नचाहेकी सुजताले सभापति सुशिल कोइरालाले आफूलाई उपसभापतीमा मनोनीत गर्नेमा ढुक्क भएको वताइन् । ‘अधिवेशन अघि सुशिलदाले मलाई उपसभापतिमा मनोनीत गर्ने वचन दिनुभएको थियो,’ कोइरालाले भनिन् ‘उनले वचन पुरा गर्नुहुन्छ, भन्नेमा म ढुक्क छु ।’ पत्रिका news पोखरा बाट http://newspokhara.com/newface/?p=१२९०७