सुमन हाम्रो तनहुँ
तनहुँको वरभज्याङ्ग गाउँ विकास समिति वडा नं ९ मान्द्रेमा जित वहादुर बस्नेतकोे अध्यक्षतामा १ सय २ सदस्यीय वेलथुम्की क्षेत्री समाज शनिवार गठन गरिएको छ । क्षेत्री समाजको उपाध्यक्षमा विमला अधिकारी, सचिव हरी वहादुर खत्री, सह-सचिवमा नारायण खड्का, कोषध्यक्षमा रामकृष्ण खत्री र विशेष सल्लाहाकारमा हरी वहादुर खड्का छनौट भएको समाजका सदस्य दर्ुगा वहादुर वस्नेतले जानकारी दिनुभयो।
उक्त समाजले गाउँमा व्याप्त विकृति विसंगती हटाउदै समुदाय सुधार गर्दे लैजाने उद्देश्य राखेको वेलथुम्की क्षेत्री समाजका अध्यक्ष जित वहादुर वस्नेतले बताउनुभयो। साथै पर्यटन वर्षा अवसरमा यस क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक स्थल तनहुँसुरलाई र यहाँ रहेका अन्य धार्मीक तथा पर्यटकीय स्थलहरुलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बर्ढाई वढि भन्दा वढि पर्यटकहरु यस ठाउँमा भित्र्याउन पहल गर्ने निर्ण्र्ाागरेको समेत अध्यक्ष वस्नेतले जानकारी दिनुभयो ।